प्रियंका बनिन् मिस नेपाल

भरतपुर, ५ असार ।
सन् २०२२ की मिस नेपाल प्रियंका रानी जोशी बनेकी छन् । शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन् । उनले आमसञ्चार र अंग्रेजी साहित्यमा स्नातक गरेकी छन् । शनिबार हिडन ट्रेजरले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गरेको ग्रान्ड फिनालेमा २२ प्रतिस्पर्धीलाई पछि पार्दै जोशीले ‘मिस नेपाल वर्ल्ड २०२२’ उपाधि जितेकी हुन् । उनले मिस डिलाइट उपाधिसमेत हात पारिन् ।

ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीमध्ये उत्कृष्ट १२, ६, हुँदै अन्तिम ३ को प्रतिस्पर्धामा जोशी छनोट भएकी हुन् । उपाधिसँगै उनले ‘मिस वर्ल्ड २०२२’का लागि नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छिन् । उनलाई ‘मिस नेपाल २०२०’ नम्रता श्रेष्ठले ‘क्राउन’ पहिराइदिएकी थिइन् । त्यस्तै ‘मिस नेपाल अर्थ’ को उपाधि भने संखुवासभाकी २५ वर्षीया सरिशा श्रेष्ठले र ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि प्रतियोगी विराटनगरकी २४ वर्षीया न्यान्सी खड्काले जितेका छन् । मिस कन्फिडेन्टको उपाधि पनि मिस नेपाल अर्थ श्रेष्ठले नै जितिन् भने ‘मिस पपुलर चोइस’ उपाधि खड्काले हात पारिन् । ‘मिस नेपाल सुप्रानेसनल’ फ्रेन्चाइजलाई भने यस वर्ष निरन्तरता दिइएको छैन ।

त्यस्तै सहउपाधितर्फ ‘मिस ब्युटी विथ पर्पज’ प्रतियोगी स्मारिका शर्मा, रोज कँडेल ‘डाबर अमला मिस ब्युटीफुल हेयर’ र द काठमाडौं पोस्ट ‘मिस इन्टलेक्च्युअल’, ‘फार्मेसी फेस अफ २२’ गंगा गुरुङ, ‘मिस फोटोजेनिक’ ममता ढकाल र ‘मिस ग्ल्यामर’ सोफिया श्रेष्ठ घोषित भइन् । यस वर्षको मिस नेपालमा देशभरबाट झन्डै ८ सय जनाले आवेदन दिएका थिए । आवेदकहरुमध्ये १ सय ९६ जना छनोट गरी २३ जना प्रतिस्पर्धीहरु ग्रान्ड फिनालेमा प्रतिस्पर्धाका लागि सहभागी थिए ।

‘ब्रिज सिमेन्ट मिस कन्फिडेन्ट’ को उपाधि सरिशा श्रेष्ठले जित्न सफल भएकी छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट