जननी सहकारीको नयाँ सेवा केन्द्र माडीमा

माडी, ३० जेठ ।
जननी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले माडीमा सेवा केन्द्र सञ्चालन गरेको छ ।

शुक्रबार विशेष कार्यक्रमका बीच माडी नगरपालिका प्रमुख ताराकाजी कुमारी महतोले रिबन काटेर सेवा केन्द्रको उद्घाटन गरेकी हुन् । उद्घाटन कार्यक्रममा माडी नगरपालिकाका उपप्रमुख खेम महतो, वडा नम्बर ३ का अध्यक्ष पुरन महतोसहित माडीस्थित विभिन्न कार्यालयका प्रमुख एवम् स्थानीय र किसानहरूको पनि उपस्थिति थियो ।

माडीका जनताको माग, यस क्षेत्रको आवश्यकता र बैंकिङ प्रविधिको उच्चतम प्रयोगको लागि माडी नगरपालिका- ३ स्थित वसन्तपुर बजारमा सेवा केन्द्र सञ्चालनमा ल्याइएको माडी सेवा केन्द्रका प्रमुख ठगराम महतोले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट