जननी सहकारीको नयाँ सेवा केन्द्र माडीमा
माडी, ३० जेठ । जननी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले माडीमा सेवा केन्द्र सञ्चालन गरेको छ । शुक्रबार विशेष कार्यक्रमका बीच माडी नगरपालिका प्रमुख ताराकाजी कुमारी महतोले रिबन काटेर सेवा केन्द्रको उद्घाटन गरेकी हुन् । उद्घाटन कार्यक्रममा माडी नगरपालिकाका उपप्रमुख खेम महतो, वडा नम्बर ३ का अध्यक्ष पुरन महतोसहित माडीस्थित विभिन्न कार्यालयका प्रमुख एवम् स्थानीय र […]
जिसस चितवनको प्रमुख बन्ने दौडमा रानाभाट र अधिकारी

भरतपुर, ३० जेठ। जिल्ला समन्वय समिति चितवनको निर्वाचनमा स्थानिय निर्वाचनका प्रमुख दुई घटक बीच नै प्रतिस्पर्धामा हुने भएको छ । मंगलबार हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उम्मेदवारहरुको अन्तिम नामावलीमा जिसस प्रमुखमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका पूर्ण बहादुर रानाभाट र नेकपा एमालेबाट नारायणप्रसाद अधिकारीबीच प्रतिस्पर्धा हुने भएको हो। उप–प्रमुखमा गठबन्धनबाट नेकपा एकीकृत […]
तीन महिनाअघि बलात्कार, अहिले जबरजस्ती गर्भपतन
बारा, ३० जेठ । बारामा एक किशोरीलाई सामूहिक बलात्कार गरेर जबरजस्ती गर्भपतन गर्न लगाइएको घटना सार्वजनिक भएको छ । प्रसौनी गाउँपालिका– ५ प्रस्टोकाकी १६ वर्षीया किशोरीलाई प्रसौनी गाउँपालिकाकै वडा नम्बर २ का २६ वर्षका भोला भन्ने दीपक साह र श्यामसुन्दर साहले तीन महिनाअघि सामूहिक बलात्कार गरेका थिए । बलात्कारपछि गर्भवती भएकी ती किशोरीलाई आरोपित दुवै […]
मर्जर सम्झौतापछि नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का

काठमाडौँ, ३० जेठ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्झौता भएपछि दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको छ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच २७ जेठमा १००ः९० सेयर स्वाप अनुपातमा एकआपसमा गाभ्ने-गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सम्झौतासँगै नेप्सेले दुवै कम्पनीको धितोपत्र कारोबार सोमबारदेखि रोक्का गरेको हो । दुई […]
काठमाडौंका मेयर बालेन र उपमेयर सुनिता हेटौंडामा

मकवानपुर, ३० जेठ । काठमाडौँ महानगरपालिका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल एक कार्यक्रमका लागि हेटौंडा आइपुगेका छन् । संघीय सरकार र बागमती प्रदेश सरकारको संयुक्त आयोजनामा हुन लागेको अभिमुखिकरण कार्यक्रममा सहभागी हुन हेटौंडा आइपुगेका उनीहरूलाई स्थानीय मिडिया र युवाहरूले चासोका साथ प्रतिक्रिया लिइरहेका छन् । काठमाडौँ महानगरको योजनाबारे हेटौंडा उपमहानगरवासीले पनि चासो राख्नु […]
२०७९ जेठ ३० गते सोमबारको कायाकैरन दैनिक ( E-paper)