जिसस चितवनको प्रमुख बन्ने दौडमा रानाभाट र अधिकारी

भरतपुर, ३० जेठ।

जिल्ला समन्वय समिति चितवनको निर्वाचनमा स्थानिय निर्वाचनका प्रमुख दुई घटक बीच नै  प्रतिस्पर्धामा हुने भएको छ ।

मंगलबार हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उम्मेदवारहरुको अन्तिम नामावलीमा जिसस प्रमुखमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका पूर्ण बहादुर रानाभाट र नेकपा एमालेबाट नारायणप्रसाद अधिकारीबीच प्रतिस्पर्धा हुने भएको हो।

उप–प्रमुखमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी कल्पना काप्mले सापकोटा निर्विरोध निर्वाचित भएकी हुन् । उप–प्रमुखमा सापकोटाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएको म्ख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले जानकारी दिए ।

यस्तै तीन जना खुला सदस्यहरुमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अर्जुन भण्डारी, धर्मलाल देवकोटा र कांग्रेसका संजीव पौडेलको उम्मेद्वारी परेको छ । एमालेबाट कृष्णभक्त भट्टराई, बाबुराम सुवेदी र लक्ष्मीनारायण चौलागाईले खुला सदस्यमा उम्मेदवारी दिएका छन् ।

तीन जना महिला सदस्यमा गठबन्धनबाट कांग्रेसकी अनिता चौधरी, नेकपा एसकी पूजना गुरुङ र माओवादी केन्द्रकी सुमित्रा तामाङ श्रेष्ठको उम्मेद्वारी परेको छ । एमालेबाट अनिता नेपाल र सविता चौधरीले उम्मेद्वारी दिएका छन् ।

एक दलित वा अल्पसंख्यक सदस्यका लागि कांग्रेसले केशरी माया सुनार र एमालेले गुनु विकलाई उम्मेदवार बनाएको छ । भोलि बिहान १० बजेबाट मतदान सुरु हुनेछ । मतदानका लागि मध्यान्ह १२ बजेसम्मको समय छुट्टाईएको छ ।

को हुन् अधिकारी र रानाभाट ?

एमालेबाट जिल्ला समन्वय समितिको प्रमुख पदमा उम्मेदवारी दिएका नारायण अधिकारी एमालेको इच्छाकामना वडा नम्बर ३ को सदस्य पदमा गत स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए । उनी वाग्मती प्रदेश कमिटीको सदस्य हुन् । जीवनको २९ वर्ष शिक्षण पेसामा बिताएका अधिकारी २०६५ सालमा सेवा निवृत्त भएपछि पूर्णकालिनरुपमा एमालेको राजनीतिमा सक्रिय छन् ।

पाँच दलीय गठबन्धनबाट जिल्ला समन्वय समिति प्रमुखमा उम्मेद्वार बनेका  पूर्ण बहादुर रानाभाट गत वैशाख ३० भएको स्थानीय तह निर्वाचनमा सर्वाधिक मतका साथ भरतपुर ८ को वडा सदस्यमा निर्वाचित भएका थिए । कांग्रेस चितवनका पुराना नेता रानाभाट २०४९ सालको स्थानीय तह निर्वाचनमा साबिक भरतपुर नगरपालिका ८ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।

सम्भावना ‘फ्लोरक्रस’को

जिसस चितवनको निर्वाचन रोचक हुने देखिएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय चितवनमा जिल्लाका ७ पालिकाका १४ प्रमुख उपप्रमुखमध्ये चुनावका प्रमुख दुई घटकले बराबरी सिट जितेका छन् । गठबन्धन शक्तिले सामुहिकरूपमा ७ सिट र नेकपा एमाले एक्लैले ७ सिट जितेको छ । स्थानीय तहमा जस्तै जिल्ला समन्वय समितिमा पनि यी प्रमुख दुई शक्ति चुनावी मैदानमा उत्रेका छन् । मत बराबरीको अवस्थामा यदि कुनै एक समूहबाट अर्को समूहलाई एक मत मात्रै गयो भने नतिजा अनपेक्षित नै आउनेछ । त्यस्तो नभएमा दुबैको पक्षमा ७–७ मत पर्ने निश्चित छ । यदि बराबरी मत परेमा गोलाप्रथाबाट नतिजा निकाल्नुपर्ने हुन्छ । त्योबेला कसको पक्षमा नेतृत्व जानेछ ? अहिले भन्न सकिन्न ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट