ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर, २८ जेठ ।

भीमदत्त नगरपालिका–२ भाँसीस्थित पूर्व–पश्चिम राजमार्गमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आज एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

से२प ५६५८ नंको मोटरसाइकललाई से१त ९६६८ नंको ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइल चालक भीमदत्त नगरपालिका–१ बाराकुण्डाका ४० वर्षीय तेजसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए । बेदकोट नगरपालिका–१० का २५ वर्षीय ट्र्याक्टर चालक राकेश रानालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए। रासस

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट