“मोम्चो” परिचर्चा : नारीको हकका लागि पुरुष पनि लड्नुपर्छ

कोहलपुर, २८ जेठ । पत्रकार तथा आख्यानकार वसन्त पराजुलीको मोम्चो कथासङ्ग्रहमाथि परिचर्चा गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँकेले शनिबार कोहलपुरमा पुस्तकमाथि छलफल तथा परिचर्चा गरेको हो । प्रतिष्ठानकी उपाध्यक्ष एवम् आख्यान विभाग प्रमुख सुमित्रा न्यौपानेले सङ्ग्रहका सबै कथालाई सरसर्ती व्याख्या गरिन् । बक्ररेखा शीर्षकको कथा श्रुति र सभ्य भएको बताउँदै कथामा विदेश जाने […]
कलेजो प्रत्यारोपणपछिको नयाँ जीवन

भरतपुर, २८ जेठ कलेजो प्रत्यारोपणपछि पुनर्जीवन पाएका जाजरकोटका भरतविक्रम शाही दंग छन्। नेपालमै आफूले कल्पना गरेभन्दा उच्चस्तरको उपचार विधि देखेर उहाँ दंग परेका हुन्। सुरूका दिनमा बाँचिएला भन्ने कम आशा बोकेका शाही अहिले तन्दुरुस्त छन्। पूर्ववत् आफ्ना काममा उनी जुट्दै आएका छन्। पुनः परीक्षणका लागि चितवन मेडिकल कलेज आएका शाहीले खुसी हुँदै सँगै रहेका चिकित्सकलाई […]
अनाथालयकी बालिकामाथि बलात्कार, अध्यक्ष र सचिव पक्राउ

मङ्गलबारे, २८ जेठ। जवरजस्ती करणी गरको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ । अनाथालयकी बालिकालाई जवरजस्ती करणी गरेको जाहेरी परेपछि सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए । राई नेपाल विद्युत् कार्यालय इलाममा कार्यरत कर्मचारीसमेत रहेको बताइएको छ । प्रहरी प्रमुख श्रेष्ठका अनुसार […]
अवरुद्ध पृथ्वी राजमार्गमा पहरो काटेर बाटो खोल्ने प्रयास

भरतपुर, २८ जेठ । सडक भासिएको पृथ्वी राजमार्गको आँबुखैरेनी मुग्लिन सडकखण्डमा पहरो काटेर सडक फराकिलो पार्ने काम धमाधम भइरहेको छ । काम छिटो सम्पन्न गर्न रातको समयमा समेत पहरो काट्ने कार्य गरिएको छ । यात्रुलाई समस्या नपरोस् भनेर रातको समयमा समेत पहरो काट्ने काम भइरहेको इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी निरीक्षक हरिबहादुर क्षेत्रीले जानकारी दिए […]
ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर, २८ जेठ । भीमदत्त नगरपालिका–२ भाँसीस्थित पूर्व–पश्चिम राजमार्गमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आज एक मोटरसाइकल चालकको मृत्यु भएको छ । से२प ५६५८ नंको मोटरसाइकललाई से१त ९६६८ नंको ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइल चालक भीमदत्त नगरपालिका–१ बाराकुण्डाका ४० वर्षीय तेजसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए । बेदकोट नगरपालिका–१० का […]
उत्तर कोरियाको पहिलो महिला विदेशमन्त्रीमा सोन हुइ नियुक्त

सोल, २८ जेठ । उत्तर कोरियामा पहिलो पटक महिलालाई विदेश मन्त्रीमा नियुक्त गरिएको छ । अनुभवी कूटनीतिज्ञ चोए सोन हुइले उत्तर कोरियाको पहिलो महिला विदेश मन्त्री बन्ने मौका पाएकी हुन् । यसअघि उपविदेश मन्त्रीको रुपमा पनि सेवा गरेकी हुइले अहिले रि सोन ग्वोनलाई विस्थापित गर्नु भएको अधिकारीहरूले जनाएका छन् । कूटनीतिक सेवावाट आएकी हुइले दुई […]
द्वन्द्वकालीन समस्यालाई सम्बोधन गर्न प्रभावित महिलाहरूको माग

भरतपुर, २८ जेठ । द्वन्द्वप्रभावित महिलाहरुले द्वन्द्वकालीन महिलाका मुद्धालाई प्रमुख प्राथमिकतामा राखेर सम्बोधन गर्न माग गरेका छन् । आदर्श नारी विकास केन्द्रले द्वन्द्वप्रभावित महिलाको सवालमा जनप्रतिनिधिसंग गरेको अन्तरक्रिया कार्यक्रममा प्रभावित महिलाहरुले स्थानीय तहले विशेष प्राथमिकताका साथ बजेट छुट्याएर कार्यान्वयन गर्नु माग गरे । द्वन्द्वका बेला राज्य र विद्रोही दुवै पक्षबाट विभिन्न प्रकारको हिंसा भोग्न बाध्य […]
सरकारको प्राथमिकता: पृथ्वी राजमार्गको विकल्प ‘बुद्धसिं मार्ग’

दमौली, २८ जेठ । पृथ्वी राजमार्गको विकल्पका रुपमा रहेको बुद्धसिं मार्ग कालोपत्र गरिने भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा तनहुँको दमौलीदेखि चितवनको घुमाउनेसम्म जोडिने बुद्धसिं मार्ग कालोपत्र गर्न लागिएको हो । दमौलीदेखि सुढेसम्मको दश किलोमिटर सडक कालोपत्रका लागि टेन्डर भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । कार्यालयका अधिकृत दधिराज पौडेलले उक्त सडकखण्डमा कालोपत्रका […]
फैलदै मनसुन, बाग्मतीसहित चार प्रदेशमा प्रवेश गर्यो

काठमाडौँ, २८ जेठ यस वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशमा मनसुन प्रणाली प्रवेश गरेको हो । देशका बाँकी भू–भागमा केही दिन पछि मनसुन प्रणाली प्रवेश हुने अनुमान गरिएको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडिनै नेपालको […]
विद्यार्थीहरूको नि:शुल्क मुटु परीक्षण सम्पन्न

राप्ती, २८ जेठ । राप्तीमा विभिन्न संस्थाहरूको सहयोगमा स्कुले बालबालिकाहरूको मुटु परीक्षण गरिएको छ । चितवन मुटु अस्पताल, नेपाल हार्ट फाउन्डेसन र लायन्स क्लब अफ चितवनको संयुक्त आयोजनामा राप्ती ७ का स्कुले बालबालिकाहरूको मुटु परीक्षण गरिएको हो । वरिष्ठ मुटु रोग विशेषज्ञ डा शंकर लौडारीको नेतृत्वमा सञ्चालित उक्त शिविरमा १२ जना स्वास्थ्यकर्मीको सहयोगमा इसिजी र […]
मनाइयो महिनावारी स्वच्छता दिवस

भरतपुर, २८ जेठ । आगामी सन् २०३० सम्ममा महिनावारीलाई जीवनको सामान्य तथ्य बनाउने नाराका साथ मे २८ का दिन विश्व महिनावारी स्वच्छता दिवस मनाइएको छ । यसैक्रममा श्री भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालय भरतपुर-५, गुलाफवाग, चितवनले आयोजना गरेको एक साताको प्याड च्यालेन्ज फोटो प्रतियोगिताको विजेता भरतपुर-५, गुलाफवाग निवासी रक्षा रिजाल र माडी निवासी सौगात तिमिल्सिना भएका […]