मनाइयो महिनावारी स्वच्छता दिवस

भरतपुर, २८ जेठ ।
आगामी सन् २०३० सम्ममा महिनावारीलाई जीवनको सामान्य तथ्य बनाउने नाराका साथ मे २८ का दिन विश्व महिनावारी स्वच्छता दिवस मनाइएको छ ।

यसैक्रममा श्री भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालय भरतपुर-५, गुलाफवाग, चितवनले आयोजना गरेको एक साताको प्याड च्यालेन्ज फोटो प्रतियोगिताको विजेता भरतपुर-५, गुलाफवाग निवासी रक्षा रिजाल र माडी निवासी सौगात तिमिल्सिना भएका छन् । विजेताले नगद पुरस्कारका साथै प्रमाणपत्र पाउने कुरा अतिरिक्त क्रियाकलाप प्रमुख प्रदीपकुमार करले बताए ।

कार्यक्रमको मूल उदेश्य समाजमा महिनावारी स्वच्छता र सेनेटरी प्याडको प्रयोग बारे सचेत गराउने रहेको थियो । `आगामी दिनमा पनि समाजमा रहेका कुरीति र कुसंस्कारलाई उन्मुलन गर्ने विभिन्न कार्यक्रम ल्याउने छौँ´, करले भने ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट