भरतपुर,२५ जेठ ।
चितवनको रत्ननगरमा जन्ती बोकेको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । आज दिउँसो रत्ननगरमा रहेको हरिहर मन्दिरमा बिबाह सकेर खैरहनीतर्फ फर्कदै गरेको ना ५ ख ६४३ बस रत्ननगर – सब्जिमंडी स्थित पुर्ब पश्चिम राजमार्गमा अनियन्त्रित भइ दुर्घटनाहुँदा बसमा सवार १९ जना जन्ती घाइते भएको प्रहरीले बताएको छ ।
जिल्ल प्रहरी कार्यालय चितवनका सुचना अधिकारी डिएसपी नरहरी अधिकारीका अनुसार घाइतेको रत्ननगर अस्पताल, भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइराखेको छ । बसमा ३० जना सवार थिए ।तस्बीर: नवीन थापा





