साउदीमा घाममा काम लगाउन प्रतिबन्ध

एजेन्सी
साउदी अरेबियाले चर्को घाममा काम लगाउन प्रतिबन्ध लगाएको छ । साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले दिउँसो १२ देखि ३ बजेसम्म घाममा काम गर्न प्रतिबन्ध लगाएको हो ।

साउदी ग्याजेटको अनुगमनका अनुसार मध्याह्नको काममा प्रतिबन्ध लगाउने निर्णयबाट मुख्यतया ठेक्का क्षेत्रमा रहेका करिब २७ लाख ४० हजार पुरुष र महिला कामदार लाभान्वित हुनेछन् । साउदीमा करिब चार लाखको हाराहारीमा नेपाली कामदार रहेका छन् । ती मध्ये ठूलो सङ्ख्यामा निर्माण क्षेत्रमा कार्यरत रहेका छन् ।

मन्त्रालयका अनुसार सबै निजी क्षेत्रका कम्पनी र प्रतिष्ठानहरूलाई समेट्ने गरी यो प्रतिबन्ध १५ जुनदेखि तीन महिनासम्म जारी रहने छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट