भरतपुरमा एकदिने निशुल्क डिजिटल मार्केटिंग सम्बन्धी कार्याशाला हुने

भरतपुर,२४ जेठ ।

भरतपुरमा कार्यालय रही देशभर नै डिजिटल मार्केटिंग सेवाहरु प्रदान गर्ने कम्पनि एस डि टेक कम्पनिले साना तथा मझौला उद्यमीहरूको लागि एकदिने निशुल्क डिजिटल मार्केटिंग सम्बन्धि कार्याशाला संचालन गर्ने भएको छ।

साना तथा मझौला उद्यमीहरूलाई डिजिटल मार्केटिंगको महत्त्व बुझाउन तथा प्रयोग गर्न सिकाउने उद्देश्यले जेष्ठ २५ गते बुधबार कार्याशाला आयोजना गरिएको एस डि टेक कम्पनिका प्रमुख कार्यकारी निर्देशक सौगात देवकोटाले बताए । उक्त कार्याशालामा सहभागीलाई आफ्नो व्यवसायका लागि सामाजिक संजालको प्रयोग, गूगल बिजनेस प्रोफाइल, बेसिक ग्राफिक डिजाइनिङ्ग, आदि लगायत डिजिटल मार्केटिंगको प्रयोग बारेमा तालिम दिइने छ।

एस डि टेक कम्पनिको सहायक कम्पनि अवसर एकेडेमीले आयोजना गर्ने उक्त कार्याशालामा एस डि टेक कम्पनि, नारायणी वेब टेक्नोलोजी र भी ग्रुप कम्पनीका प्रतिनिधिहरुले तालिम प्रदान गर्ने छन्।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट