भरतपुर महानगरमा सुरु भयो अनलाइन भुक्तानी प्रणाली

भरतपुर,२४ जेठ ।

भरतपुर महानगरपालिकामा अनलाईन भुक्तानी प्रणाली सञ्चालनमा आएको छ।

आफ्ना करदाताहरुले घरमै बसेर सहजतापूर्वक कर तिर्न सकुन भन्ने उद्देश्यसहित महानगरपालिकाले अनलाइन भुक्तानी प्रणाली सुरुवात गरेको हो ।

भरतपुर महानगरपालिकामा तिर्ने राजस्व, कर, दस्तुरलयातका सम्पूर्ण शुल्क अनलाईन प्रणालीबाट सजिलै सकिने भएको छ ।

सेवाको मंगलबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुर महानगरपालिको नीति तथा प्रतिवद्धता अनुसार सेवाको सुभारम्भ गरिएको जानकारी दिइन् ।

महानगरपालिका कार्यालयलाई पेपरलेस बनाउने योजनालाई यो सेवाले सहयोग पुराउने उनको भनाई छ । भरतपुरलाई स्मार्ट सिटी निर्माण गर्न चाहिने सुचकहरु क्रमशः पुरा गर्ने क्रममा अनलाईन प्रणालीको सुरुवात गरिएको उल्लेख गरिन् ।

अनलाईन प्रणालीले भरतपुरको सुशासनलाई बाटोमा हिड्न प्रेरित गर्ने उनको भनाई छ ।
कार्यक्रममा बोल्दै महानगरका उपप्रमुख चित्रसेन अधिकारीले चित्रसे अनलाईन भुक्तानी प्रणालीको कार्य ऐतिहासिक कार्यको भएको बताए । स्मार्ट सिटी निर्माणको एउटा खुट्किलो अनलाईन भुक्तानी प्रणाली भएको उनको भनाई थियो । उपप्रमुख अधिकारीले यसको कार्यान्वनका लागि सबै पक्षले उतिकै चासो दिनुपर्नेमा जोड दिए ।

आफुले तिर्नुपर्ने कर मूल्यांकन गरिसकेपछि आफुले प्रयोग गरिरहेको अनलाइन पेमेन्ट गेट वे प्रणालीबाट कर तिर्न सकिन्छ । अहिले इ–सेवा, खल्ती, कनेक्ट आई।पि।एसमार्फत भुक्तानी गर्न सकिने छ ।

भरतपुरमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामबाबु सुवेदीले अनलाइन प्रणालीले महानगरको सम्पूर्ण तथ्याङकहरु सजिलोसँग दिन सकिने बताए । यसले महानगरका हुने ढिलासुस्ती र भिडभाड हटेर जाने समेत दाबी उनले गरे ।

यसको कार्यान्वनका लागि २९ वटा वडाको टोल सुधार समितिमार्फत कार्यविधि निर्माण गरी भिडियोसहितको तालीम प्रदान गरिने सुवेदीले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट