महिनावारी प्याडको सुरक्षित प्रयोगबारे सचेतना कार्यक्रम

गैँडाकोट, २४ जेठ ।
विजय सामुदायिक शिक्षा सदनमा कार्यरत शिक्षकहरुको समूहले विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई महिनावारी हुँदा प्याडको सुरक्षित प्रयोग र सरसफाइका बारेमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । दुई समूहमा आयोजित कार्यक्रममा १ सय २० जना छात्रा सहभागी थिए ।

‘महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्यलाई लाज र अपमानको रुपमा बुझ्ने कुप्रचलन हाम्रो समाजमा अझै छ’ विद्यालयकी प्रधानाध्यापक रेखा श्रेष्ठले भनिन्, ‘यसले महिला तथा किशोरीहरुको आत्मविश्वास घट्ने, विभिन्न अवसरबाट बन्चित हुने, सार्वजनिक स्थलहरुमा पहुँच नहुने, अमानवीय व्यवहार भोग्नुपर्ने आदि कुराहरूलाई मध्यनजर गरेर हामी शिक्षकहरुको समूहले सचेतना कार्यक्रम आयोजना गरेको हो ।’

कार्यक्रममा प्रधानाध्यापक श्रेष्ठ, विद्यालय नर्स तथा मनोसामाजिक परामर्शदाता सिर्जना तिमिल्सिना, स्वास्थ्य तथा शारीरिक शिक्षा शिक्षक कुविजा कँडेल, अंग्रेजी विषय शिक्षक सरिना पौडेल, नेपाली विषय शिक्षक सरिता भुषाल र कार्यालय सहयोगी धनेश्वरी अधिकारी सहितको समूहले सुरक्षित र मर्यादित महिनावारीबारे बोलेका थिए । उनीहरुले आ–आफ्ना अनुभव साटासाट गरी छात्राहरूको जिज्ञासालाई सम्बोधन गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट