शेखर ढुंगेलको कथाकृति “जात” सार्वजनिक

काठमाडौँ, २३ जेठ ।
साहित्यिक पत्रकार संघद्वारा आयोजित विशेष साहित्यिक समारोहमा सर्जक शेखर ढुंगेलको नयाँ कथाकृति “जात”को लोकार्पण गरिएको छ । समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो ।

सो अवसरमा कुलपति उप्रेतीले ढुंगेलको साहित्यिक सक्रियताको प्रशंसा गर्दै जात कृतिका माध्यमबाट उहाँले नेपाली साहित्यमा थप योगदान गर्नुभएको बताउनुभयो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको समारोहमा वरिष्ठ समालोचक प्रमोद प्रधान र आख्यानकार एवम् पत्रकार बबिता बस्नेतले लोकार्पित कृतिमाथि समीक्षात्मक मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा वरिष्ठ समालोचक प्रमोद प्रधानले सुख र खुशीको खोजमा विदेश गएका नेपालीहरूको दुःख र पीडालाई कथाकारले प्रमुख विषय बनाएको बताउनुभयो। अर्का समीक्षक बबिता बस्नेतले कथामा नयाँ विषयहरूलाई रोचक तरिकाले प्रस्तुत गरिएको धारणा राख्नुभयो ।

समारोहमा वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी र शिक्षाविद् विद्यानाथ कोइरालाले पनि कृति र कृतिकारबारे आआफ्ना धारणा राख्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष लेकाली, लोकार्पित कृतिका लेखक शेखर ढुंगेल, साहित्यकार डाक्टर दामोदर पुडासैनी, कवि यादव भट्टराईले पनि आआफ्नो विचार राख्नुभएको थियो ।

सो अवसरमा प्रमुख अतिथि कुलपति उप्रेती, लेखक ढुंगेल, समीक्षकद्वय प्रमोद प्रधान र बबिता बस्नेत र कृतिका सम्पादक युवराज नयाँघरेलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा अतिथिका रुपमा सरु सुनारसहित साहित्यकारहरु डा. गार्गी शर्मा, राजन कार्की, नरेन्द्रराज पौडेल, गोविन्द गिरी प्रेरणा, सुबासचन्द्र ढुंगेल, रवि प्रान्जल, विजयध्वज थापा, किशोर विश्वकर्मा, भानु प्रकाश जोशी, दिव्य गिरी, मुरारि सिग्देल, तर्कना शर्मा, निर्मलरमण पराजुली, नारायण शर्मा, रेखा यादव, शिव अधिकारी, शशी थापा, कल्पना खरेल, राज रजक, प्रकाश घायल, रुद्र अधिकारी, हरेराम पौडेल, डा. गी. पी. शर्मा, दिन दयाललगायतको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट