शेखर ढुंगेलको कथाकृति “जात” सार्वजनिक

काठमाडौँ, २३ जेठ । साहित्यिक पत्रकार संघद्वारा आयोजित विशेष साहित्यिक समारोहमा सर्जक शेखर ढुंगेलको नयाँ कथाकृति “जात”को लोकार्पण गरिएको छ । समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो । सो अवसरमा कुलपति उप्रेतीले ढुंगेलको साहित्यिक सक्रियताको प्रशंसा गर्दै जात कृतिका माध्यमबाट उहाँले नेपाली साहित्यमा थप योगदान गर्नुभएको बताउनुभयो […]

मतदाता नामावलीमा असार १ गतेदेखि अद्यावधिक हुँदै

भरतपुर, २३ जेठ । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम असार १ गतेदेखि फेरि सुरु गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई केन्द्रमा राखेर यो कार्यक्रम सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचन, २०७९ को मिति घोषणा भए पश्चात् २०७८ साल माघ २५ […]

हप्ताको दुई दिन बिदा दिने निर्णय खारेज

भरतपुर,२३ जेठ । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ । गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम […]

हप्ताको दुई दिन विदा खारेजीको माग गर्दै सर्वोच्चमा रिट

भरतपुर, २३ जेठ । हप्तामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । मन्त्रिपरिषदले आवश्यक विचार विमर्श नै नगरी हप्तामा दुई दिन सार्वजनिक विदा दिएको भन्दै अधिवक्ता रामबहादुर शाही, तेजबहादुर लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले रिट दायर गरेका हुन् । उनीहरुले आइतबार पनि सार्वजनिक […]

भ्याली स्टेट कलेजमा राष्ट्रिय पर्यटन नमूना सम्मेलन

भरतपुर, २३ जेठ । भरतपुर-१० स्थित भ्याली स्टेट कलेजले बिबिए आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुका लागि मिडिया तथा पब्लिक रिलेशन सम्बन्धि ४ दिने कार्यशालाको आयोजना गरेको छ । कलेजले सो सम्बन्धि पत्रकार सम्मेलनको आयोजना गर्दै कसरी गर्ने, प्रेस बिज्ञप्ति कसरी लेख्ने, राष्ट्रिय स्तरका सेमिनार, सम्मेलन कसरी संचालन अनि आयोजना गर्ने बिषयमा सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान प्रदान […]

‘कबड्डी ४’ लाई रोक लगाउन सिक्किमका बौद्ध धर्मगुरुको माग

सिक्किम, २३ जेठ । सिक्किमका बौद्ध धर्मगुरु ओङ्दी पिन्त्सोले गान्तोकमा पत्रकार सम्मेलन गर्दै फिल्म प्रदर्शनमा रोक लगाउन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा पिन्त्सोले भने, ‘यदि रिलिज भएको खण्डमा सबै लामाहरु सडकमा उत्रिनेछन् र हल तोडफोड भए त्यसको जिम्मेवार हामी हुनेछैनौं ।’ उनले फिल्मलाई नहेरिदिन समेत आग्रह गरेका छन् । सिक्किममा ‘कबड्डी ४’लाई […]

नाइजेरियाको चर्चमा बन्दुकधारीले गोली चलाउँदा ५० जनाको मृत्यु

नाइजेरियाको दक्षिणपश्चिमी भागमा रहेको क्याथोलिक चर्चमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ५० जनाको ज्यान गएको छ । ओन्डो राज्यका प्रहरी प्रवक्ता फनमिलायो इबुकुन ओदुन्लामीका अनुसार बन्दुकधारीहरूले विस्फोटक पदार्थसमेत बोकेका थिए । आक्रमणको कारणबारे अनुसन्धान भइरहेको उनले बताए । घटनालाई ‘ठूलो नरसंहार’ भन्दै ओन्डो राज्यका गभर्नर अरकुन्रिन ओलुवारोतिमी अकेरेडोलुले घटनास्थल र अस्पतालमा घाइतेहरूको निरीक्षण गरेका छन् । […]

फर्पिङको जङ्गलमा एक जोडी मृत फेला

काठमाडौं, २३ जेठ । काठमाडौंको फर्पिङस्थित जङ्गलमा एक जोडी मृत अवस्थामा भेटिएका छन् । शवसँगै विषको बट्टा समेत बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्युरोले जनाएको छ । उनीहरूको मृत्युको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्युरोका टोली पुग्न लागेको एसएसपी वसन्त कुँवरले बताए । ‘‘फर्पिङ जङ्गलमा युवक […]

बाँदरमुढे नरसंहारकाे १७ वर्ष

भरतपुर, २३ जेठ माओवादी जनयुद्धकाे सबैभन्दा त्रासदीपूर्ण बाँदरमुढे घटना भएको आज १७ वर्ष पूरा भएको छ । चितवनको माडीबासीका लागि आजको दिन कालो दिनका रुपमा इतिहासको पानामा दर्ज भएको छ । १७ वर्षअघि २०६२ जेठ २३ गते भएको बाँदरमुढे बम विस्फोटको घटनाका घाइतेहरुको पीडा अहिले पनि बल्झँदो छ  । तत्कालीन विद्रोही माओवादीले २३ जेठ २०६२ […]