भरतपुर, २३ जेठ ।
निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम असार १ गतेदेखि फेरि सुरु गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई केन्द्रमा राखेर यो कार्यक्रम सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचन, २०७९ को मिति घोषणा भए पश्चात् २०७८ साल माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी आयोगले यही २०७९ साल असार १ गतेदेखि संचालन गर्ने निर्णय गरेको जनाएको छ ।





