भरतपुर, २३ जेठ ।
भरतपुर-१० स्थित भ्याली स्टेट कलेजले बिबिए आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुका लागि मिडिया तथा पब्लिक रिलेशन सम्बन्धि ४ दिने कार्यशालाको आयोजना गरेको छ ।
कलेजले सो सम्बन्धि पत्रकार सम्मेलनको आयोजना गर्दै कसरी गर्ने, प्रेस बिज्ञप्ति कसरी लेख्ने, राष्ट्रिय स्तरका सेमिनार, सम्मेलन कसरी संचालन अनि आयोजना गर्ने बिषयमा सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान प्रदान गरिएको छ ।
विद्यार्थीहरुले आफूले नै विभिन्न पात्रको भूमिका निर्वाह गर्दै नमुना पत्रकार सम्मेलन र राष्ट्रिय पर्यटन सम्मेलनको आयोजना गरेका थिए । वास्तविक कार्यक्रमको झल्को दिने प्रकृतिको कार्यक्रम विद्यार्थीहरुले प्रस्तुत गरेका थिए ।
कलेजका प्रिन्सिपल बाबुराम खनालको संयोजनमा आयोजित उक्त कार्यक्रमलाई संचारकर्मी मनोज पन्तले सहजीकरण गरेका थिए ।




