काठमाडौं, २३ जेठ ।
काठमाडौंको फर्पिङस्थित जङ्गलमा एक जोडी मृत अवस्थामा भेटिएका छन् । शवसँगै विषको बट्टा समेत बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्युरोले जनाएको छ ।
उनीहरूको मृत्युको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्युरोका टोली पुग्न लागेको एसएसपी वसन्त कुँवरले बताए ।
‘‘फर्पिङ जङ्गलमा युवक र युवती मृत फेला परेका हुन् । शव नजिकबाट विषादीको बट्टा समेत भेटिएको छ । घटनाबारे थप अनुसन्धान हुँदैछ’’ उनले भने ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।





