काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई क्षेत्रीय समितिको सम्मान

भरतपुर, २० जेठ ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई नेपाली काँग्रेस क्षेत्र नम्बर ३ ले सम्मान गरेको छ । क्षेत्र नम्बर ३ अन्तरगत रहेको भरतपुर महानगरपालिका र माडी नगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित भएकाहरुलाई क्षेत्रीय समितिले सम्मान गरेको हो ।

नेपाली काँग्रेसले जनताको मत जित्ने गरी काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह पनि गरेको छ । मुलुकमा काँग्रेसको विकल्प नरहेको भन्दै जनताप्रति समर्पित हुन नेताहरुले जनप्रतिनिधिलाई आग्रह गरेका छन् । पार्वतीपुरमा आयोजित कार्यक्रममा काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जनप्रतिनिधिहरूलाई सम्मानपत्र प्रदान गरेका थिए । उनले पार्टीको सिद्धान्तमा विचलित नभइ जनतामा समर्पित हुन निर्देशन दिए ।

क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिकाका प्रमुख चित्रशेन अधिकारी र माडी नगरपालिकाका उपप्रमुख खेम महतो सहित १२ जना वडाध्यक्ष र ५३ वडासदस्य सहित क्षेत्र नम्बर ३ मा निर्वाचित ६७ जनालाई सम्मान गरेको हो । क्षेत्र नम्बर ३ अन्तरगत भरतपुर महानगरपालिकाका प्रमुख चित्रशेन अधिकारी र माडी नगरपालिकाका उपप्रमुख खेम महतो सहित १२ जना वडाध्यक्ष र ५३ वडासदस्य सहित क्षेत्र नम्बर ३ मा निर्वाचित ६७ जनालाई सम्मान गरेको हो ।

जनप्रतिनिधिलाई जिम्मेवार रहन आग्रह गर्दै क्षेत्र नम्बर ३ अन्तरगतका जनप्रतिनिधिलाई बधाई सहित सम्मान गरिएको क्षेत्रीय सभापति लालबहादुर दवाडीले बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोईराला, जिल्ला सभापति राजेश्वर खनाल, निवर्तमान जिल्ला सभापति जीतनारायण श्रेष्ठ, बाग्मती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, काँग्रेसका बाग्मती प्रदेश सदस्य कैलाश कोईराला, महासमिति सदस्य विजयराज भुषाल, काँग्रेसका क्षेत्र नम्बर १ का सभापति किरणभूषण सिंह ओली, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रशेन अधिकारी, माडी नगरपालिकाका उपप्रमुख खेम महतो, भरतपुर २१ का सभापति कृष्णकान्त भण्डारी, भरतपुर १४ का वडाध्यक्ष राजेन्द्र साँखी, प्रदेश ३ ख का सभापति शोभाखर चापागाईँलगायतले बोलेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट