काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई क्षेत्रीय समितिको सम्मान

भरतपुर, २० जेठ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई नेपाली काँग्रेस क्षेत्र नम्बर ३ ले सम्मान गरेको छ । क्षेत्र नम्बर ३ अन्तरगत रहेको भरतपुर महानगरपालिका र माडी नगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित भएकाहरुलाई क्षेत्रीय समितिले सम्मान गरेको हो । नेपाली काँग्रेसले जनताको मत जित्ने गरी काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह पनि गरेको छ । मुलुकमा काँग्रेसको विकल्प […]
नेपाली युवा उद्यमी मञ्च चितवनको अध्यक्षमा सूर्यभक्त अधिकारी चयन

भरतपुर, २० जेठ । नेपाली युवा उद्यमी मञ्च चितवनको अध्यक्षमा सूर्यभक्त अधिकारी चयन भएका छन । शुक्रबार सम्पन्न पाँचौ अधिवेशनबाट अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । लामो समयदेखि इलेक्ट्रोनिक व्यवसायमा आवद्ध अधिकारी उदयीमान युवा व्यवसायी हुन् । नारायणगढको पुल्चोकमा शुभकामना इलेक्ट्रोनिक पसल छ ।
५ देखि ११ वर्षका बालबालिकालाई असार ९ गतेदेखि `फाइजर´ खोप

काठमाडौं, २० जेठ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका ३९ लाख बालबालिकालाई फाइजर खोप लगाउने जानकारी गराउनुभएको छ । शुक्रवार भिडियोमार्फत उहाँले बालबालिकालाई खोप प्रदानका गर्नका लागि विद्यालयमा खोप केन्द्र तोकी दुई चरणमा खोप अभियान सञ्चालन हुने जानकारी दिनुभयो । पहिलो चरणमा २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म […]
काँग्रेस अहंकारको बाटोमा छैन : प्रवक्ता महत

भरतपुर, २० जेठ । नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले नेपाली कांग्रेस अहंकारको बाटोमा नरहेको बताएका छन् । सत्ता सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई थर्काएको भनेर बुझ्न नहुने पनि उनले बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले सो कुरा बताएका हुन् । केही दिनअघि प्रचण्डले एक सार्वजनिक कार्यक्रममा […]
कोरोनाले रोकिएका नेपाली विद्यार्थी अब चीन जान पाउने

काठमाडौं, २० जेठ । सरकारले चीनका विभिन्न विश्वविद्यालयहरूमा पठनपाठन गर्दै आएका नेपाली विद्यार्थीहरूलाई पुन:चीन जाने व्यवस्था मिलाएको छ। कोरोना महामारीका बेला नेपाली विद्यार्थी चीनबाट स्वदेश फर्के पनि त्यसपछि उनीहरू त्यहाँ जानबाट रोकिँदै आएका थिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चीनका विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीलाई पुन: चीन जाने व्यवस्था मिलाएको छ। लकडाउनका कारणले चीन फर्किन नपाएका […]
सिमरा विमानस्थलबाट दैनिक उडान कटौती हुने

वीरगञ्ज, २० जेठ । बारास्थित सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान कटौती हुने भएको छ । विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने भएकाले २० दिन दैनिक उडान कटौती हुने भएको हो । सो अवधिमा बिहान ६ देखि ११ बजेसम्म मात्रै उडान हुने सिमरा विमानस्थलका प्रमुख भूपेन्द्र भट्टले जानकारी दिए । […]
खोटाङमा कैदीबन्दीलाई औषधि अभाव

खोटाङ, २० जेठ। जिल्ला कारागार शाखा खोटाङमा कैदीबन्दीका लागि नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधि अभाव भएको छ । अनुगमनका क्रममा उनीहरुलाई औषधि अभाव भएको पाइएको हो । पुरुष ६६ र महिला ३३ गरी ९९ अटाउने क्षमताको कारागारमा तोकिएको क्षमताभन्दा बढी कैदीबन्दी छन् । तोकिएको भन्दा बढी कैदीबन्दी भएका कारण निःशुल्क उपलब्ध हुँदै आएको […]
पृथ्वीराजमार्गको याम्पा–घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द

दमौली, २० जेठ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको हो । बन्दीपुर गाउँपालिका–५ स्थित याम्पाफाँट र व्यास नगरपालिका–१२ घाँसीकुवा खण्डमा आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ देखि बिहान ४ बजेसम्म यातायातका […]
मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, २० जेठ । देशको अधिकांश भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभावले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि […]
२०७९ जेठ २० गते शुक्रबारको कायाकैरन दैनिक(E-paper)
भरतपुरको लाइम एण्ड लेमनमा `आल्बाट्रोस´ ब्यान्ड

भरतपुर, २० जेठ । कोरोनाका कारणले शिथिल हुन पुगेका चितवनका होटल तथा रेष्टुरेण्ट व्यवसाय बिस्तारै पुरानै अवस्थामा संचालनमा आउन थालेका छन । लाईभ म्यूजिक, दोहोरी साँझ लगायतले व्यवसायलाई लकडाउन पहिलेकै स्थितिमा फर्काउन लागिपरेका देखिन्छन् । यसैक्रममा भरतपुरको दीपेन्द्रचोकमा रहेको लाईभ म्यूजिक क्याफे लाइम एण्ड लेमनले पूर्ववत रुपमै प्रत्येक शुक्रवार र शनिवार राष्ट्रियरुपमा चिरपरिचित कलाकार तथा […]