जबर्जस्ती करणीको अभियोगमा पक्राउ परेका काफ्ले कारागार चलान

भरतपुर, १६ जेठ ।
चितवनमा जबर्जस्ती करणीको अभियोगमा एकजना व्यक्ति पुर्पक्षको लागि कारागार चलान भएका छन् । नाबालिगलाई जवर्जस्ती करणी गरेको आरोपमा भरतपुर महानगरपालिका –१० बस्ने शिव काफ्लेलाई पुर्पक्षको लागि कारागार चलान गरिएको हो ।

नवलपरासीको गैंडाकोटस्थित कालिका मेडिकल एण्ड टेक्निकल ईन्स्टिच्युटका संचालक रहेका काफ्लेले आफ्नै ईन्स्टिच्युटमा अध्यनरत नाबालिगलाई विभिन्न प्रलोभन देखाई जबर्जस्ती करणी गरेको भन्ने लिखित जाहेरी परेको थियो । जाहेपछि प्रहरीले आरोपीलाई गत वैशाख १९ गते पक्राउ गरेको थियो ।

पक्राउ गरिएका काफ्लेबिरुद्ध चितवन जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थप अनुमति प्राप्त गरि थप अनुसन्धान गरिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी नरहरि अधिकारीका अनुसार जिल्ला अदालत चितवनमा सोमबार भएको थुनछेक बहसमा उनलाई कारगार पठाउने निर्णय भएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट