प्रहरीका प्रतिभा थरीथरीका

भरतपुर, १६ जेठ । नेपाल पुलिस कलेज भरतपुर युवालाई प्रहरी बनाउन अभ्यास गराइने स्थान हो । यहाँ भर्ना भएका युवालाई दिनहुँ प्रहरीले गर्नुपर्ने सबै किसिमको अभ्यास गराइन्छ । लठ्ठी र बन्दुक समाउन सिकाइन्छ । त्यसको प्रयोग कसरी गर्ने पनि सिकाइन्छ । प्रहरीले गर्नुपर्ने सुरक्षा व्यवस्थापनसहितका काम र कर्तव्य सबैथोकको अभ्यास यहाँ हुन्छ । यो सँगै हिजोआज उनीहरूलाई कसरी सिर्जनशील बनाउन […]
जबर्जस्ती करणीको अभियोगमा पक्राउ परेका काफ्ले कारागार चलान

भरतपुर, १६ जेठ । चितवनमा जबर्जस्ती करणीको अभियोगमा एकजना व्यक्ति पुर्पक्षको लागि कारागार चलान भएका छन् । नाबालिगलाई जवर्जस्ती करणी गरेको आरोपमा भरतपुर महानगरपालिका –१० बस्ने शिव काफ्लेलाई पुर्पक्षको लागि कारागार चलान गरिएको हो । नवलपरासीको गैंडाकोटस्थित कालिका मेडिकल एण्ड टेक्निकल ईन्स्टिच्युटका संचालक रहेका काफ्लेले आफ्नै ईन्स्टिच्युटमा अध्यनरत नाबालिगलाई विभिन्न प्रलोभन देखाई जबर्जस्ती करणी गरेको […]
चितवन प्रहरी प्रमुख अधिकारी पुरस्कृत

भरतपुर, १६ जेठ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारी पुरस्कृत भएका छन् । स्थानीय निर्वाचनलाई शान्तिपूर्ण एवं त्रुटिरहित ढंगले सम्पन्न गराउन प्रभावकारी भूमिका खेलेको भन्दै बागमती प्रदेश कार्यालय हेटौंडाले एसपी अधिकारीलाई पुरस्कृत गरेको हो । एसपी अधिकारीलाई प्रदेश कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) पूजा सिंहले पुरस्कृत गरेकी हुन् । […]
राप्ती नगरपालिकाको कार्यपालिकामा सबै सदस्य एमालेबाट निर्वाचित

राप्ती, १६जेठ । राप्ती नगरपालिकाको कार्यपालिकामा सबै सदस्य एमालेबाट निर्वाचित भएका छन् । सोमबार भएको नगर कार्यपालिकाको निर्वाचनमा आठ जना सदस्य एमालेको निर्वाचित भएका हुन् । कार्यपालिकाको सदस्यको लागि मेयर तथा उपमेयरसहित वडा अध्यक्ष र वडा सदस्यले मतदान गरेका थिए । कार्यपालिकामा एमालेको तर्फबाट रमिता परियारले र मित्र कुमारी तितुङले ४७ मत, मिना कुमारी अधिकारीले, […]
श्रीमानको कुटपिटबाट घाइते गीतालाई राप्ती पत्रकार मञ्चको सहयोग

राप्ती, १६ जेठ । श्रीमानको कुटपिटबाट घाइते भएकी गिता माझीले सहयोग रकम प्राप्त गरेकी छिन् । राप्ती नगरपालिकामा कार्यरत पत्रकारहरुको संगठन राप्ती पत्रकार मञ्चले उनलाई सहयोग गरेको हो । मञ्चले सहयोग रकम स्वरुप १० हजार ९ सय ५० हस्तान्तरण गरेको हो । मञ्चले उनको उपचार कक्षमा नै गई सहयोग रकम हस्तान्तरण गरेको हो । मञ्चका […]
विश्व बैंकले श्रीलङ्कालाई ७० करोड अमेरिकी डलर दिने

कोलम्बो, १६ जेठ । विश्व बैंकले आगामी केही महिनाभित्र श्रीलङ्कालाई करिब ७० करोड अमेरिकी डलर उपलब्ध गराउन लागेको श्रीलङ्काका विदेशमन्त्रीले सोमबार जनाकारी दिएका छन् । कोलम्बोमा रहेको विश्व बैंकका देशीय प्रबन्धक चियो कान्डाले श्रीलङ्काका विदेशमन्त्री जीएल पेरिससँग कुराकानी गर्दा सो प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ । भेटमा मन्त्रीले अन्तरराष्ट्रिय मुद्राकोष, अन्य अन्तरराष्ट्रिय संस्था र दातृ […]
चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

भरतपुर,१६ जेठ । पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीया सोतिमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार राप्ती–१ स्थित चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्ने क्रममा तामाङलाई आज दिउँसो बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको […]
भाउजूलाई पेट्रोल छर्केर आगो लगाउने देवर पक्राउ

राजविराज, १६ जेठ । भाउजूलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरी फरार रहेका देवरलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका–१ धनगढीका २५ वर्षीय परमेश्वर साह रहेको प्रहरीले जनाएको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएका वरिष्ठ प्रहरी नायब निरीक्षक सुरेश पालको नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो […]
विमान दुर्घटना: छानबिन गर्न जाँचबुझ आयोग गठन

काठमाडौँ, १६ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरको विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग गठन गरेको छ । मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । आयोगको सदस्यहरूमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ […]
बजेट कार्यान्वयन हुँदैन कि भन्नेमा आशङ्का नगरौँ : अर्थमन्त्री

काठमाडौँ, १६ जेठ । सरकारले बजेटका लक्ष्यसमेत स्पष्ट गरिएकाले कार्यान्वयन हुने दाबी गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा प्रस्तुत गरिएका विषयहरू कार्यान्वयन हुँदैन कि भन्ने आशङ्का नगर्न आग्रह गर्नुभयो । बजेट भनेको बहुआयामिक विषय भएको बताउँदै अर्थमन्त्रीले भन्नुभयो, […]
बागमती प्रदेशका प्रमुख शर्माद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

बागमती, १६ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा आज प्रस्तुत गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज सो बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका हुन् । यही जेठ १३ गतेदेखि सुरु भएको प्रदेशसभाको बजेट अधिवेशनअन्तर्गतको पाँचौँ बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको हो […]
भरतपुरमा १५० बढी चालकहरुको स्वास्थ्य परीक्षण

भरतपुर, १६ जेठ । भरतपुरमा सवारीचालकहरुको आँखा तथा स्वास्थ्य परीक्षण गरिएको छ । समुदाय–प्रहरी साझेदारी अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन, नारायणगढ लेडी जेसीज, नारायणगढ बसपार्क टोल सुधार तथा बस व्यवस्थापन समितिले स्वास्थ्य शिविर संयुक्त रुपमा आयोजना गरेका थिए । पुष्पाञ्जली अस्पताल भरतपुर र भरतपुर आँखा अस्पतालले प्राविधिक सहयोग गरेका थिए । १ सय […]
२०७९ जेठ १६ गते सोमबारको कायाकैरन दैनिक (E-paper)
दुर्घटनाग्रस्त हालतमा भेटियो आइतबारदेखि हराइरहेको जहाज

काठमाडौं, १६ जेठ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थसाङ गाउँपालिका–२ को मुलखर्क भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मानापाथी हिमाल नजिकै मुलखर्कमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनास्थलमा जहाज क्षतविक्षत देखिएकाे छ । यार्सा खोज्न गएकाहरूको टोलीले दुर्घटनाग्रस्त विमान देखेपछि प्रहरीलाई खबर गरेका थिए । पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका […]