दुर्घटनाग्रस्त हालतमा भेटियो आइतबारदेखि हराइरहेको जहाज 

काठमाडौं, १६ जेठ ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थसाङ गाउँपालिका–२ को मुलखर्क भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मानापाथी हिमाल नजिकै मुलखर्कमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनास्थलमा जहाज क्षतविक्षत देखिएकाे छ ।
यार्सा खोज्न गएकाहरूको टोलीले दुर्घटनाग्रस्त विमान देखेपछि प्रहरीलाई खबर गरेका थिए । पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो ।

जहाजमा चालक दलका तीन सदस्यसहित १९ यात्रु रहेका तारा एयरले जनाएको छ । विमानमा सवार यात्रुको अवस्था के छ भन्ने जानकारी सुरक्षा निकायले दिएका छैनन् ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट