चितवन प्रहरी प्रमुख अधिकारी पुरस्कृत

भरतपुर, १६ जेठ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारी पुरस्कृत भएका छन् । स्थानीय निर्वाचनलाई शान्तिपूर्ण एवं त्रुटिरहित ढंगले सम्पन्न गराउन प्रभावकारी भूमिका खेलेको भन्दै बागमती प्रदेश कार्यालय हेटौंडाले एसपी अधिकारीलाई पुरस्कृत गरेको हो ।

एसपी अधिकारीलाई प्रदेश कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) पूजा सिंहले पुरस्कृत गरेकी हुन् । उक्त अवसरमा अधिकारीले जिल्लाको शान्ति सुव्यवस्था कायम राख्नुका साथै पाएको जिम्मेवारीलाई इमान्दारी ढंगबाट निर्वाह गरेकोले पुरस्कृत गरिएको जनाइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट