काठमाडौँको मेयरमा ६१ हजार ७६७ मतसहित बालेन निर्वाचित

काठमाडौँ, १२ जेठ
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह बालेन निर्वाचित भएका छन् । ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई भारी मतान्तरले पराजित गर्दै स्वतन्त्र उम्मेदवार साह निर्वाचित भएका छन्।

निर्वाचन आयोगको आधिकारिक वेबसाइटका अनुसार बिहीबार ३२ वटै वडाको मतगणना सकिएसँगै बालेन मेयर निर्वाचित भएका हुन्।

बालेनले ६१ हजार ७६७ मत ल्याएका छन्।

त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना श्रेष्ठ सिंहले ३८ हजार ३४१ मत ल्याएकी छन्।

एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका छन्।

आँखीझ्याल चुनाव चिह्नमा लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत पाएका छन्।

त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएकी छन्। उनले ६८ हजार ६१२ मत पाएकी छन्।

उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८०६ मत पाए।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट