गैँडाकोटमा खुल्यो साथी मार्ट

गैँडाकोट, १२ जेठ ।
ग्राहकहरुको बदलिएको चाहनालाई मध्यनजर गर्दै गैँडाकोट नगरपालिका–२, नयाँबजारमा साथी मार्ट संचालनमा आएको छ ।

गैँडाकोट–१ र २ का वडाध्यक्षद्वय सुरेन्द्र रेग्मी र प्रकाश सापकोटाले बिहीबार साथी मार्टको उद्घाटन गरेका हुन् ।

अब जमाना स्मार्ट सपिङको भन्ने नारासहित खुलेको साथी मार्टमा दैनिक उपभोग्य सामान किन्न पाइन्छ । मार्टका व्यवस्थापक यदु रिमालले उपभोक्तालाई सेवा दिने उद्देश्यले मार्ट संचालनमा आएको बताए । उनका अनुसार मार्ट रहेको भवन र मार्टमा रहेका सामानमा कुल एक करोड ५० लाख रुपैयाँ लगानी भएको छ । मार्ट संचालनको अवसरमा तीन दिनसम्म १० देखि २० प्रतिशत छुटमा सामान बिक्री भइरहेको उनले जानकारी दिए ।

रिमालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष प्रकाश सापकोटासहित गैँडाकोट–१ का वडाध्यक्ष सुरेन्द्र रेग्मी, नेपाली कांग्रेस गैँडाकोट नगर समितिका सभापति बद्री सापकोटा, नव पारिजात टोल विकास संस्थाका अध्यक्ष डिजी गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट