भरतपुरको मतगणना अन्तिम चरणमा, रेनु दाहाल दोस्रोपटक मेयरमा निर्वाचित

भरतपुर, १० जेठ ।
भरतपुर महानगरपालिको मतगणना अन्तिम चरणमा पुगेको छ । ३ हजार मत मात्रै गणना हुन बाँकी रहँदा गठबन्धनबाट प्रमुख पदमा उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालको फराकिलो मतान्तर कायमै छ । अबको केही बेरमा दाहाल भरतपुर महानगरको प्रमुख पदमा पुनः निर्वाचित भएर आउने पक्का भएको छ ।

अहिले बिहान ५:२५ बजेको ताजा मत परिणामअनुसार दाहाल १२ हजार १ सय ४० मतले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि छिन् । दाहालले ५१ हजार १ सय १२ मत प्राप्त गर्दा सुवेदीले ३८ हजार ९ सय ७२ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी राप्रपाकी हिमला गुरुङभन्दा २१ हजारभन्दा धेरै मतले अगाडि छन् ।

अन्तिम मतगणना अनुसार अहिले वडा नम्बर २८ र २९ को गणना भैरहेको छ । वडा नम्बर २८ मा एमाले ११५ मतले अगाडि छ भने अन्तिम वडा २९ मा नेपाली कांग्रेसले ३७९ मतको अग्रता लिइरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट