के केन्द्रीय सरकारले बनाउला चितवनको रंगशाला ?

भरतपुर, १० जेठ निर्माण हुँदाहुँदै आर्थिक संकटबाट अवरुद्ध गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम केन्द्रीय सरकारले अघि बढाउने संकेत दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा यो विषय उल्लेख छ । नीति तथा कार्यक्रममा यो विषय त छ । तर, रंगशालालाई ‘क्रिकेट मैदान’ भनिएको छ । नीति तथा […]
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

भरतपुर, १० जेठ सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संसदमा पेस गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। नीति तथा कार्यक्रमकै जगमा रहेर सरकारले हरेक वर्ष बजेट ल्याउने गर्छ । कस्तो छ त नीति तथा कार्यक्रम ? पढौँ, पूर्णपाठ :
मूल्यवृद्धिको विरोध गर्न सडकमा लडाइयो रित्ता सिलिण्डर

विराटनगर, १० जेठ । सरकारले पेट्रोलियम पदार्थदेखि खाना पकाउने एलपी ग्यासमा समेत मूल्यवृद्धि गरेपछि जनता विरोधमा उत्रिएका छन् । विरोधकै क्रममा विराटनगरमा मंगलबार विभिन्न उपभोक्ता अधिकार समूहले प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि खाना पकाउने रित्तो ग्यास सिलिण्डर फालेर मूल्यवृद्धिको विरोध गरेका छन् । पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले सरकारले गरेको चर्को मूल्यबृद्धिले […]
शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै कलेजका विद्यार्थी आन्दोलित

काठमाडौँ, १० जेठ । बलात्कार घटनामा उजुरीको हदम्याद हटाउनु पर्ने बहस चलिरहेका बेला मंगलबार बिहान काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् । कलेजका विद्यार्थीहरू आन्दोलित भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए । उनका अनुसार अहिले प्रहरी परिसर वृत्त गौशालाले घटनासम्बन्धी […]
२०७९ जेठ १० गते मंगलबारको कायाकैरन दैनिक (Epaper)
२०७९ जेठ ९ गते सोमबारको कायाकैरन दैनिक (E-Paper)
२०७९ जेठ ६ गते शुक्रबारको कायाकैरन दैनिक (E-Paper)
भरतपुरमा गठबन्धनबाट मेयरमा रेनु र उपमेयरमा चित्रसेन विजयी, वडामा कांग्रेसको बर्चस्व

भरतपुर, १० जेठ । भरतपुर महानगरको मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका चित्रसेन अधिकारी निर्वाचित भएका छन् । मेयर पदमा दाहाल भने पुन: निर्वाचित भएकी हुन् । २०७४ सालको स्थानीय चुनाव जितेर भरतपुरको प्रमुखमा एक कार्यकाल बिताइसकेकी दाहाल नै अनन्त: अबको पाँच वर्षको लागि पुनः मेयरमा निर्वाचित भएकी […]
भरतपुरको उपमेयरमा भारी मतान्तरले चित्रसेन अधिकारी विजयी

भरतपुर, १० जेठ । भरतपुर महानगरको उपमेयरमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । एमालेसँगको गठबन्धन रहेको राप्रपाकी हिमला गुरुङलाई २२ हजार १९१ मतान्तरले हराउँदै अधिकारी विजयी भएका हुन् । भरतपुरमा सत्ता गठबन्धनकविरुद्ध राप्रपा र एमालेले तालमेल गरेका थिए । मतगणनाको सुरुवाती अवस्थादेखिनै हिमलासँग मतान्तर बढाउँदै लगेका अधिकारीले भारी […]
भरतपुरको मेयरमा १२ हजार ४४९ मतान्तरले रेनु दाहाल निर्वाचित

भरतपुर, १० जेठ । भरतपुरको मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल पुन: निर्वाचित भएकी छिन् । २०७४ सालको स्थानीय चुनाव जितेर भरतपुरको प्रमुखमा एक कार्यकाल बिताइसकेकी दाहाल नै अनन्त: अबको पाँच वर्षको लागि पुनः मेयरमा निर्वाचित भएकी हुन् । दाहालले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीलाई भारी मतान्तरले पछि पार्दै विजयी भएकी हुन् । […]
भरतपुरका २९ वटै वडाको मतपरिणाम आयो, १६ वटा वडामा नेपाली कांग्रेस विजयी

भरतपुर, १० जेठ । केन्द्रकै चासो बनेको भरतपुर महानगरको अन्तिम मतपरिणाम आएको छ । भरतपुरका २९ वडामध्ये नेपाली कांग्रेसले १६, एमालेले ६ अनि माओावदी केन्द्र र नेकपा समाजवादीले ३/३ र एक जना स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् । यसअघि एमाले एक्लैले १४ वडा जितेको थियो । नेपाली काँग्रेसले १२ र माओवादीले ३ वडा जितेको वडा […]
मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनहरूले संयुक्त आन्दोलन गर्ने

भरतपुर, १० जेठ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनहरूले संयुक्त आन्दोलन गर्ने भएका छन् । सोमबार बसेको विद्यार्थी संगठनहरूको बैठकले मूल्यवृद्धिविरुद्ध चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । विद्यार्थी संगठनहरूले जनताको प्रयक्ष जीवनसँग जोडिएको पेट्रोलियम पदार्थमा राज्यले विभिन्न परियोजनाका निम्ती कर थोपरेका कारण जनताले वास्तविक मूल्य भन्दा बढी तिर्नुपरिहेको बताएका छन् । नेपाल आयल निगमभित्र […]
भरतपुरको मतगणना अन्तिम चरणमा, रेनु दाहाल दोस्रोपटक मेयरमा निर्वाचित

भरतपुर, १० जेठ । भरतपुर महानगरपालिको मतगणना अन्तिम चरणमा पुगेको छ । ३ हजार मत मात्रै गणना हुन बाँकी रहँदा गठबन्धनबाट प्रमुख पदमा उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालको फराकिलो मतान्तर कायमै छ । अबको केही बेरमा दाहाल भरतपुर महानगरको प्रमुख पदमा पुनः निर्वाचित भएर आउने पक्का भएको छ । अहिले बिहान ५:२५ बजेको […]