नवलपुर समाज जापानमा गैंडाकोटका खरेलको नेतृत्व

भरतपुर, १७ चैत ।
नवलपुर समाज जापानको तेस्रो अधिवेशन जापानको टोकियोमा सम्पन्न भएको छ । उक्त अधिवेशनले गैंडाकोटका कृष्ण खरेललाई २०२२/२४ का लागि अध्यक्ष चयन गरेको छ ।

खरेलले नेतृत्व लिएको समाजको वरिष्ठ उपाध्यक्षमा मुक्तीराम खरेल, उपाध्यक्षहरुमा हरिप्रसाद कंडेल, प्रेमप्रसाद कंडेल, प्रकाश सापकोटा, छन् । त्यस्तै महासचिव सुरेश सापकोटा, सचिव लक्ष्मण सापकोटा, कोषाध्यक्ष खेमराज पौडेल र सह कोषाध्यक्षमा तेजु केसी चयन भएका छन् ।

त्यसैगरी सोही अधिवेशनले सदस्यहरुमा सुरेश सापकोटा, अमीत सापकोटा, भुवन शर्मा, चिन्तामणी सापकोटा, नवीन सापकोटा र रामु कंडेल चयन गरेको छ ।

उक्त कार्यक्रममा लोकदोहोरी प्रतिष्ठान जापानका अध्यक्ष सूर्य खड्का अतिथि रहेका थिए । लक्ष्मी सापकोटाको स्वागत मन्तव्यसँगै सुरुभएको कार्यक्रम समाजका निवर्तमान अध्यक्ष सागरप्रसाद कंडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण भने समाजका महासचिव सुरेश सापकोटाले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट