२०७८ चैत १८ गते शुक्रबारको कायाकैरन दैनिक(E-paper)
नेपाल फाइभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी आजदेखि चितवनमा सुरु

भरतपुर,१७ चैत । मिडिया स्पेस सोलुसन्स् प्रा. लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि. को संयुक्त आयोजनामा प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ सम्बन्धि बृहत अन्तराष्ट्रिय प्रदर्शनी नेपाल फाइभ पीको शुभारम्भ गरिएको छ । प्रदर्शनीको बागमती प्रदेश उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय मिलन बाबु श्रेष्ठ र चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले […]
एआइजी बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ, १७ चैत । सर्वोच्च अदालतमा नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध रिट निवेदन दायर गरिएको छ । वरिष्ठताक्रम र कार्यक्षमताका आधारमा नभई गैरकानूनीरूपमा बढुवा गरेको उल्लेख गर्दै आज डिआइजी ईश्वरबाबु कार्कीले रिट निवेदन दायर गरेका हुन् । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले डिआइजी वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा […]
एपिएफलाई उछिन्दै धनगढी शिर्ष स्थानमा

भरतपुर,१७ चैत । राष्ट्रिय महिला लिग फुटबलमा धनगढीले फराकिलो जित दर्ता गरेको छ । आज (बिहीबार) सम्पन्न दोस्रो खेलमा धनगढीले ललितपुरलाई ६–० ले हराएको हो । एकतर्फी खेलमा धनगढीलाई जिताउन कप्तान चन्द्रा भण्डारीले दुई तथा अन्जना थुलुङ राई, ममता पुन, बिर्सना चौधरी र अनिता लम्जेलले समान एक(एक गोल गरे । खेलको नवौं मिनेटमा नै धनगढीले […]
मानन्धरको ‘कवितामा आकाश’ प्रकाशित

काठमाडौँ, १७ चैत साहित्यकार आर. मानन्धरद्वारा रचित कवितासङ्ग्रह ‘कवितामा आकाश’ प्रकाशित भएको छ । साहित्यिक कृतिहरु प्रकाशन गर्दै आएको मञ्जरी प्रकाशन गृहले यो पुस्तक बजारमा ल्याएको हो । कृतिमा तीन खण्ड छन् — कविता, चिन्तन र दर्शन । कविता खण्डमा आकाशको विषयमा मात्र केन्द्रित भएका ४९ कविता छन् । यिनलाई प्रयोगधर्मी कविता भन्न सकिन्छ । […]
राप्तीमा गाडिएको अवस्थामा बन्दुक भेटियो

राप्ती, १७ चैत । राप्ती नगरपालिकामा बन्दुक भेटिएको छ । राप्ती- ६ धमौरास्थित चर्च अगाडि गाडिएको अवस्थामा २ वटा बन्दुक र हड्डी फेला परेको छ । खानेपानीको पाइपलाइन विस्तार गर्ने क्रममा लगभग ६० सेन्टिमिटर मुनि प्लाष्टिक र पुरानो शर्टले बेरिएको अवस्थामा पुराना कटुवा बन्दुक र हड्डी फेला परेको हो । राज आलेले खाल्डो खन्ने क्रममा […]
नयाँ वर्षमा गायक हरिश माथेमा चितवन आउँदै

भरतपुर, १७ चैत । नयाँवर्ष २०७९ को पुर्व सन्ध्यामा देवनगरस्थित लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रेटमा बृहत् साङ्गीतिक कार्यक्रम आयोजना हुने भएको छ । यहि चैत ३० गते बुधबार आयोजना हुन लागेको उक्त कार्यक्रममा नेपाली गीतसंगीत क्षेत्रका चर्चित एवम् लोकप्रिय गायक हरिश माथेमाको साथमा अतिथि गायक दीपक थापाको प्रस्तुति रहने इभेन्ट पार्टनर डिएन इभेन्ट्स तथा […]
किलचोक अकला मन्दिरः जहाँ आफैं शङ्खघण्ट बज्ने विश्वास गरिन्छ

गण्डकी, १७ चैत । तनहुँको म्याग्दे गाउँपालिका–३, किलचोकस्थित अकला मन्दिर यस क्षेत्रका प्रसिद्ध तीर्थस्थल मध्येको एक हो । देवीका प्राकृति रुपमा नै शिलामा कुँदिएका मूर्तिसँगै सिंह र नन्दी एवं विभिन्न देवी देवताका मूर्तिका आकृतिले यहाँ आउने जो कोही दङ्ग पर्छन् । मन्दिरभित्रको विशाल शिलालाई परापूर्वकालदेखि नै अकलादेवीका रुपमा पूजाआजा गर्ने गरिएको स्थानीयवासी बताउँछन् । मनले […]
गैँडाकोटमा भारतीय ट्रकको ठक्कर साइकलयात्रीको मृत्यु

नवलपुर, १७, चैत । नवलपरासी–बर्दघाट (सुस्तापूर्व)को गैँडाकोटमा भारतीय ट्रकको ठक्करबाट आज बिहान एक साइकलयात्रीको मृत्यु भएको छ । जिल्लाको गैँडाकोट–८स्थित नगरपालिका कार्यालय अगाडि युपी ९३ बीटी ४७५७ नं को भारतीय ट्रकको ठक्करबाट घाइते पहिचान नखुलेका करिब ५२ वर्षीय साइकलयात्रीको चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गैँडाकोटस्थित इलाका प्रहरी कार्यालयका प्रमुख लक्ष्मी पाण्डे खनालले जानकारी […]
२०७८ चैत १७ गते बिहीबारको कायाकैरन दैनिक (E-paper)
नवलपुर समाज जापानमा गैंडाकोटका खरेलको नेतृत्व

भरतपुर, १७ चैत । नवलपुर समाज जापानको तेस्रो अधिवेशन जापानको टोकियोमा सम्पन्न भएको छ । उक्त अधिवेशनले गैंडाकोटका कृष्ण खरेललाई २०२२/२४ का लागि अध्यक्ष चयन गरेको छ । खरेलले नेतृत्व लिएको समाजको वरिष्ठ उपाध्यक्षमा मुक्तीराम खरेल, उपाध्यक्षहरुमा हरिप्रसाद कंडेल, प्रेमप्रसाद कंडेल, प्रकाश सापकोटा, छन् । त्यस्तै महासचिव सुरेश सापकोटा, सचिव लक्ष्मण सापकोटा, कोषाध्यक्ष खेमराज पौडेल […]