भरतपुर,१५ चैत ।
भरतपुर महानगर कृषि प्रर्वधन शाखाले माटो परिक्षणका लागि महानगरमा ल्याउन किसानलाई आग्रह गरेको छ । महानगर परिसरमा घुम्ति माटो परिक्षण प्रयोगशालामार्फत निशुल्क परिक्षण भइरहेकाले त्यहाँ आफनो खेतबारिको माटो ल्याएर निशुल्क परिक्षण गरी लाभ लिन आग्रह गरेको हो ।
महानगरका कृषि तथा पशुपन्छि प्रर्वधन शाखाका प्रमुख तेजेन्द्र पौडेलले महानगर भित्रका सबै किसानले माटो परिक्षणका लागि ल्याउन सक्ने बताए ।बुधवार सम्म परिक्षण हुने भएकाले लाभ लिन उनले सबै किसानलाइ आग्रह गरे ।
महानगर भित्रका सहकारी मार्फत आफुहरुले माटो संकलन गरी अहिले माटो परिक्षण भइृरहेको र किसानले पनि माटो परिक्षणका लागी ल्याउन सक्ने उनले बताए ।
बागमती प्रदेशको माटो तथा मल परिक्षण प्रयोगशालाको घुम्ती ल्याब मार्फत यहाँ माटो परिक्षण भएको हो । माटो परिक्षण पछि १७ गते रिपोर्ट सार्वजनिक हुने र रिपोर्टका आधारमा माटोलाई कुन चिजको कमी छ त्यही चिज किसानलाई सिफारिस हुने पौडेलको भनाई छ ।
महानगरका किसानलाई यो ठुलो अवसर भएकाले बेलैमा लाभ लिन उनको पौडेलको आग्रह छ ।





