भरतपुर महानगरमा निशुल्क माटो परिक्षण

भरतपुर,१५ चैत । भरतपुर महानगर कृषि प्रर्वधन शाखाले माटो परिक्षणका लागि महानगरमा ल्याउन किसानलाई आग्रह गरेको छ । महानगर परिसरमा घुम्ति माटो परिक्षण प्रयोगशालामार्फत निशुल्क परिक्षण भइरहेकाले त्यहाँ आफनो खेतबारिको माटो ल्याएर निशुल्क परिक्षण गरी लाभ लिन आग्रह गरेको हो । महानगरका कृषि तथा पशुपन्छि प्रर्वधन शाखाका प्रमुख तेजेन्द्र पौडेलले महानगर भित्रका सबै किसानले माटो […]

पर्यटन प्रबर्द्धनको अभियानमा नारायणगढ जेसीज

भरतपुर, १५ चैत । नारायणगढ जेसिज वर्ष २०२२ काे तेस्रो संचालन समितिकाे बैठक सम्पन्न भएको छ । अमृत श्रेष्ठकाे अध्यक्षतामा पर्यटकीय क्षेत्र धम्पुसमा बैठक सम्पन्न भएको हो । बैठकपछि समितिको टोलीले मार्दी हिमालकाे वेस क्याम्पको भ्रमण पनि गरेको छ । आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले `घुमौँ परिवारसहित´ अभियान अन्तर्गत अवलोकन भ्रमण जारी राखिएको अध्यक्ष श्रेष्ठले […]

हवाई उडान प्रभावित

काठमाडौँ, १५ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण प्रभावित भएका छन् । सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सोमबार बिहानैदेखि काठमाडौँको मौसम धुम्म भएका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरणमा समस्या भएको विमानस्थलका प्रवक्ता […]

पुर्पक्षमा थुनामा पठाउने आदेशविरुद्ध उच्च अदालतमा पल शाहको पुनरावेदन

भरतपुर,१५ चैत । नाबालिग बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहले उच्च अदालत पोखरामा निवेदन दिएका छन् । उक्त अभियोगमा जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । जिल्ला अदालतको उक्त आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा निवेदन दिएका हुन् । उच्च अदालतमा दिइएको निवेदनमा जिल्ला अदालत तनहुँको आदेश बेरीतको […]

टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु

नेपालगञ्ज, १५ चैत । बाँकेमा टिप्परको ठक्करबाट आज एक पैदल यात्रीको मृत्यु भएको छ । कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१क ६५६ नंको टिप्परले नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा चोकमा ठक्कर दिँदा स्थानीयवासी ७० वर्षीय वीरबल भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिनुभयो । ठक्करबाट गम्भीर घाइते भएका भण्डारीलाई अस्पताल पु¥याएलगत्तै […]

हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ, १५ चैत । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीकोसमेत सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित ÷चट्याङ र क्षणिक वर्षा तथा हावाहुरीको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन […]

दुई वर्षपछि विक्रमबाबा मेला हुँदै

भरतपुर, १५ चैत । कोरोना महामारीका कारण विगत दुई वर्षदेखि हुन नसकेको विक्रमबाबा मेला यसवर्ष हुने भएको छ । यही चैत १८ गतेदेखि वैशाख ३ गतेसम्म उक्त मेला आयोजना गर्न लागिएको हो । मेलाका लागि केरुङ्गा उपभोक्ता समिति, पटिहानी उपभोक्ता समिति र घैलाघारी सामुदायिक वन कार्यालयले व्यवस्थापनको काम गरिरहेका छन् । दुईवटा उपभोक्ता समितिले पूजा […]

सेनासहित १५० सुरक्षाकर्मीको निगरानीमा मतपत्र छापिने

भरतपुर, १५ चैत । आगामी वैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले नेपाली सेनासहित सुरक्षाकर्मीको निगरानीमा मतपत्र छाप्ने भएको छ । निर्वाचन आयोगले १७ चैतमा नमुना मतपत्र र त्यसपछि २ करोड थान मतपत्र छाप्ने निर्णय गरेसँगै जनक शिक्षाले पनि चाँजोपाँजो मिलाएको हो । जनक शिक्षाका सूचना अधिकारी चित्रकुमार आचार्यका […]

नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार

काठमाडौँ, १५ चैत । नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १७५ पुगेको छ । द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गणतन्त्र […]

दुई करोड मतपत्र छाप्ने तयारी

काठमाडौँ, १५ चैत । निर्वाचन आयोगले स्थानीय निर्वाचन–२०७९ का लागि मतपत्र छाप्ने तयारी गरेको छ । आयोगको बैठकले जनक शिक्षा सामग्री केन्द्रलाई मतपत्र छाप्न तयारी अवस्थामा रहन निर्देशन पनि दिएको छ । निर्वाचनका लागि आवश्यक सबै मतपत्र जनक शिक्षा सामग्री केन्द्रबाट छाप्ने निर्णय गर्दै आयोगले यस्तो निर्देशन दिएको हो । निर्वाचन तयारीबारे जानकारी गराउन सोमबार […]