भरतपुर,१५ चैत ।
नाबालिग बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहले उच्च अदालत पोखरामा निवेदन दिएका छन् ।
उक्त अभियोगमा जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । जिल्ला अदालतको उक्त आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा निवेदन दिएका हुन् ।
उच्च अदालतमा दिइएको निवेदनमा जिल्ला अदालत तनहुँको आदेश बेरीतको रहेको भन्दै तारेखमा रिहा गर्न माग गरिएको छ ।





