पर्यटन प्रबर्द्धनको अभियानमा नारायणगढ जेसीज

भरतपुर, १५ चैत ।
नारायणगढ जेसिज वर्ष २०२२ काे तेस्रो संचालन समितिकाे बैठक सम्पन्न भएको छ । अमृत श्रेष्ठकाे अध्यक्षतामा पर्यटकीय क्षेत्र धम्पुसमा बैठक सम्पन्न भएको हो । बैठकपछि समितिको टोलीले मार्दी हिमालकाे वेस क्याम्पको भ्रमण पनि गरेको छ ।

आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले `घुमौँ परिवारसहित´ अभियान अन्तर्गत अवलोकन भ्रमण जारी राखिएको अध्यक्ष श्रेष्ठले बताए । भ्रमणमा पूर्वअध्यक्ष सिनेटर बावुराम रामदाम र विकासमान श्रेष्ठकाे पनि उपस्थिति रहेकाे थियोे ।

नारायणगढ जेसिजले आन्तरिक पर्यटन प्रबर्द्वन गर्ने उदेश्यले २०१३ देखि नै अवलोकन भ्रमणहरू जारी राखेको छ । जेसीजले अहिलेसम्म पाथिभरा मन्दिर , मुक्तिनाथ मन्दिर, उपरदाङगढी, रारा ताल, बीसहजारी ताल, माडी क्षेत्रलगायतको भ्रमण गरेर आन्तरिक पर्यटनलाई बढावा दिँदै आइरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट