भरतपुर, १५ पुस ।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवन अन्तराष्ट्रिय स्तरमा सम्मानित भएको छ । अष्ट्रेलियामा रहेका सात विश्वविद्यालय र कलेजबाट ९ वटा अवार्ड प्राप्त गरेर अन्तराष्ट्रिय स्तरमा सम्मानित भएको हो । बुधबार कलेजले विज्ञप्ति मार्फत सम्मानित भएको जानकारी दिएको हो ।
एक्सपर्ट एजुकेसन चितवनका निर्देशक डिल्लीराम अधिकारीले बिहीबार एक विज्ञप्ति जारी गर्दै आफ्नो मेहनतलाई अष्ट्रेलियामा रहेका विश्वविद्यालय र कलेजहरुले समेत उच्च मूल्यांकन गर्दै विभिन्न समयमा अवार्डहरु मार्फत प्रोत्साहन र हौसला प्रदान गर्दै आइरहेको बताएका छन् ।
एक्सपर्टले टोरेन्स युनिभर्सिटीः प्लाटिनम एजेन्ट–२०२१, टप पर्फमिङ एजेन्ट इन क्वीवान–२०२१, कप्लान विजनेस स्कूलः एबोभ एण्ड बियोण्ड अवार्ड–२०२१ कम्युनिटी इन्गेजमेन्ट/साउथ एशिया, एबोभ एण्ड बियोण्ड अवार्ड–२०२१ आउटस्ट्यान्डिङ पर्फमेन्स (ग्लोबल), इडिथ काउन युनिभर्सिटीः लगातार दुईवर्षदेखि हाइवेस्ट अचिर्भ २०२१ अवार्ड, अष्ट्रेलियन क्याथलिक युनिभर्सिटीः २०२१ प्लाटिनम एजेन्ट अवार्ड, फेडेरेशन युनिभर्सिटीः प्लाटिनम लेभल , होम्स इस्टिच्युटः टप पर्फनिङ एजेन्ट–२०२१ वेस्र्टन सिड्नी युनिभर्सिटीः प्लाटिनम एजेन्ट अवार्ड २०२१ प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसप्रकारका अवार्डहरुले आफुहरुलाइ निरन्तर हौसला मिल्दै आएको विज्ञप्तीमा जनाइएको छ। यसले आफुहरुलाई थप जिम्मेवार बनाएको उल्लेख गरीएको छ ।
`विगत लामो समयदेखि हामीलाई निरन्तर साथ–सहयोग दिँदै अटुट विश्वास गरि यस सफलताको हकदार बनाइदिनु हुने सम्पूर्ण विद्यार्थी वर्ग, अभिभावक तथा शुभ चिन्तकहरुमा हार्दिक बधाई तथा कृतज्ञता ज्ञापन गर्न चाहन्छौं । यहाँहरुका निरन्तरत साथ, सहयोग, सुझाव र मार्गदर्शन बिना पक्कै पनि यी उपलब्धिहरु सम्भव हुने थिएनन् । भविष्यमा पनि तपाइँहरुको यस्तै विश्वासको आशा राख्दै हाम्रो सेवालाई अझै प्रभावकारी र गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गर्दर्छौँ´ विज्ञप्तिमा भनिएको छ ।




