लायन्स इन्टरनेशनलको प्रस्तावित नयाँ गभर्नरमा चुकेलाई निर्विरोध गराउन आह्वान

भरतपुर, १५ पुस ।
लायन्स ईन्टरनेशनलको प्रस्ताविक नयाँ डिष्ट्रिक्टको ३२५ आर लायन वर्ष २०२२/२३ का लागि पिएमजेएफ सिद्धार्थलाल चुकेलाई डिष्ट्रिक्ट गर्भनरका रुपमा निर्विरोध गराउन लायन्स क्लब अफ नारायणगढ संगमचोकले आह्वान गरेको छ ।

क्लबका अध्यक्ष शरदमणि भट्टराईले बिहीबार प्रेस बिज्ञप्ति जारी गर्दै क्लबका पूर्वअध्यक्ष लायन चुकेलाई निर्वाचित गराउन आग्रह गरेका हुन् ।

विभिन्न व्यावसायिक तथा सामाजिक संघ संस्थामा कुशल नेतृत्व प्रदान गरेका चुकेले सन् २००३ मा लायन्स क्लब अफ नारायणगढ संगमचोकका संस्थापक प्रथम उपाध्यक्ष हुँदै लायनबादमा प्रवेश गरेका हुन् ।

लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्टको ३२५ बी २ एरिया नम्बर ३ को लायन वर्ष २००७/०८ मा चिफ एरिया कोअडिनेटर भएका चुके त्यसपछि डिष्ट्रिक्टका विभिन्न पदमा रहेर काम गरेका छन् । चुके हाल लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्टको ३२५ बी २ को एक्जुभेटिभ चिफका रुपमा क्रियाशील छन् ।

मृदृभाषी र सरल स्वाभावका चुके राम्रो सामाजिक सम्बन्ध कायम राख्नसक्ने लायनका रुपमा परिचित छन् । लायनको मर्म बुझ्न सक्ने र सेवाका कार्यमा सधैँ अग्रसर हुने भएकाले आगामी लायन वर्ष २०२२/२३ मा गर्भनर पदका वहाँ नै योग्य भएको लायन्स क्लब अफ नारायणगढ संगमचोकका पूर्वअध्यक्ष राजेन्द्र गौतमले बताए ।

प्रचारबाजीभन्दा टाढा बस्न रुचाउने र सेवाका कार्यमा सधैँ अग्रसर हुने चुकेबाट नेपाली लायनबादले अर्को सफलता चुम्ने अध्यक्ष भट्टराईले तर्क छ ।

लायन वर्ष २०२२/२३ मा नेपालमा १५ वटा डिष्ट्रिक्ट हुनेछन् । हालको डिष्ट्रिक्टको ३२५ बी २ चार वटा डिष्ट्रिक्टमा रिडिष्ट्रिक्टिङ हुँदैन । काठमाडौँका केहि क्लब र चितवन–नवलपुर क्षेत्रलाई समेटदै लायन वर्ष २०२२/२३ मा नयाँ डिष्ट्रिक्टको ३२५ आर निर्माण हुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट