राप्ती, १२ पुस ।
नेकपा (एकीकृत समाजबादी) निकट अनेरास्ववियू जनआदर्श बहुमुखी क्याम्पस कमिटीको सम्मेलनबाट केशव बर्तौलाको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन भएको छ ।
सम्मेलनकाे अध्यक्षता विद्यार्थी नेता लक्ष्मण पौडेलले गरेका थिए भने प्रमुख अतिथिमा अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य एवं चितवन जिल्ला सचिव जयराम बास्काेटा,अतिथिमा अनेरास्ववियू केन्द्रीय सदस्य एवम् चितवन जिल्ला उपाध्यक्ष कमरेड उज्ज्वल देवकोटा , युवा संघ केन्द्रीय सदस्य सुनिल खरेल, अनेरास्ववियु जिल्ला सह सचिव पारस तामाङ, अनेरास्ववियु भुवानी शंकर कलेजका अध्यक्ष देवेन्द्र श्रेष्ठलगायतको उपस्थिति थियो ।
त्यस्तै उपाध्यक्षमा रोजन विक, सचिवमा कबिन विक,
कोषाध्यक्षमा दिपेश शिवाकोटी र सहसचिवमा गनेश लामा चयन भएका छन्।





