माओवादी वरिष्ठ उपाध्यक्षमा श्रेष्ठको सम्भावना, महासचिवमा तीन आकांक्षी

काठमाडौं, १२ पुस । नेकपा (माओवादी केन्द्र)ले नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरेको छ । जारी आठौं महाधिवेशनबाट चयन हुने नयाँ कार्यसमितिमा श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरिएको हो । यसअघि केन्द्रीय समितिले १५ जना पदाधिकारी बनाउने प्रस्ताव गरेको थियो । अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’पछि दोस्रो वरीयतामा रहेका श्रेष्ठ नै वरिष्ठ उपाध्यक्ष हुने निश्चितजस्तै रहेको […]

कांग्रेसले बाँकी रहेका १६ जिल्लामा पुस २७ गते जिल्ला अधिवेशन गर्ने

काठमाडौं, १२ पुस । नेपाली कांग्रेसले जिल्ला अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाहरुमा पुष २७ गते अधिवेशन गर्ने भएको छ । केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले बाँकी रहेका जिल्लाहरुमा पुष २७ गते अधिवेशन गर्ने निर्णय गरेको हो । चितवन सहित सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, बाँके, कैलाली, अछाम […]

एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता हुँदै

भरतपुर, १२ पुस । नेकपा (एकीकृत समाजवादी) र नेकपा जनवादी पार्टीबीच एकता हुने भएको छ । भोलि (मंगलबार) दुई पार्टीबीच एकता घोषणा हुन लागेको हो । एकीकृत समाजवादीले सामाजिक सञ्जालमार्फत पार्टी एकता हुन लागेको जानकारी दिएको छ । पार्टी एकता घोषणा कार्यक्रम राष्ट्रिय सभागृहमा भोलि दिउँसो साढे १२ बजे हुने एकीकृत समाजवादीले जानकारी दिएको छ […]

ओलीको दम्भ र अंहकारले एकता भत्कियो : प्रचण्ड

काठमाडौं, १२ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष केपी ओलीको दम्भ र अंहकारले नेकपा एकता भत्किएको आरोप लगाएका छन् । आइतबारदेखि जारी माओवादीको आठौं महाधिवेनको बन्द सत्रमा राजनीतिक प्रतिवेशन पेश गर्ने क्रममा प्रचण्डले एमालेसँगको एकताबारे समीक्षा गर्दै यस्तो आरोप लगाएका हुन् । प्रचण्डलाई उद्धृत गर्दै महाधिवेशनमा सहभागीले एक […]

मृगौला समस्याले ग्रसित सुनितालाई सहयोग

राप्ती, १२ पुस । पूर्वी चितवनको राप्ती नगरपालिका ५ स्थित जेपी मार्गमा बस्ने सुनिता दरैलाई सहयोग रकम प्राप्त भएको छ । ३६ वर्षीय सुनिता विगत ६ महिना अगाडिबाट मृगौलाको समस्याले ग्रसित छिन् । उनलाई जनप्रतिनिधि खिलकान्त रुवाली र विश्वकुमार रुवालीले रकम संकलन गरेर सहयोग गरेका हुन् । सोमबार उनलाई एकानब्बे हजार तीनसय रुपैयाँ सहयोग गरिएको […]

समाजबादी निकट अनेरास्ववियु जनआदर्श क्याम्पस कमिटीको अध्यक्षमा केशव बर्तौला

राप्ती, १२ पुस । नेकपा (एकीकृत समाजबादी) निकट अनेरास्ववियू जनआदर्श बहुमुखी क्याम्पस कमिटीको सम्मेलनबाट केशव बर्तौलाको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन भएको छ । सम्मेलनकाे अध्यक्षता विद्यार्थी नेता लक्ष्मण पौडेलले गरेका थिए भने प्रमुख अतिथिमा अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य एवं चितवन जिल्ला सचिव जयराम बास्काेटा,अतिथिमा अनेरास्ववियू केन्द्रीय सदस्य एवम् चितवन जिल्ला उपाध्यक्ष कमरेड उज्ज्वल देवकोटा […]

बन्दसत्रमा प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेस

भरतपुर, १२ पुस । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेका छन् । राजधानीको प्रज्ञा प्रतिष्ठानमा जारी बन्दसत्रमा प्रचण्डले वैचारिक तथा राजनीतिक दस्ताबेज पेस गरेका हुन् । ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ नाम दिएर प्रतिवेदन तयार पारिएको छ । उनको प्रतिवेशनमा विगतदेखि वर्तमानसम्म पार्टीको समीक्षा गरिएको छ । […]

विदेश जानेलाई जोनसनको खोप दिइने

भरतपुर, १२ पुस । सरकारले विदेश जानेहरूका लागि कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । काठमाडौं उपत्यकाका विभिन्न चार अस्पतालबाट जोनसन एण्ड जोनसन खोप दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल […]