विदेश जानेलाई जोनसनको खोप दिइने

भरतपुर, १२ पुस ।
सरकारले विदेश जानेहरूका लागि कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । काठमाडौं उपत्यकाका विभिन्न चार अस्पतालबाट जोनसन एण्ड जोनसन खोप दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंका वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट खोप दिने व्यवस्था गरिएको हो ।

खोप लगाउन जाँदा पासपोर्ट र भिसा अनिवार्य गरिएको छ । यो खोप एक डोज लगाए पुग्छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट