आगामी निर्वाचनमा भोटिङ मेसिन प्रयोग गर्न प्रस्ताव

भरतपुर, १० पुस ।
निर्वाचन आयोगले आगामी निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गर्न सकिनेबारेको प्रस्तावसमेत अघि सारेको छ । आयोगले गरेका प्रस्तावमा प्रधानमन्त्री देउवाले राजनीतिक दलहरूसँगको छलफलपछि अगाडि बढाउने बताए । राजनीतिक दलहरूसँगको छलफलबाट सहमति कायम गरी सबै क्षेत्रहरूमा प्रयोग गर्न नसकिए पनि केही निश्चित क्षेत्रहरूमा भोटिङ मेसिन प्रयोग गर्दै जान सकिने देउवाको भनाइ थियो ।

स्थानीय तह निर्वाचनको सन्दर्भमा आयोगले प्रस्ताव गरेअनुरूप अनौपचारिक छलफलपछि उपयुक्त मितिमा सहमति कायम गरी आयोगले सिफारिस गर्ने र नेपाल सरकारले मिति तोक्ने विषयमा सहमति भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट