यी हुन् कांग्रेस खुला महिला केन्द्रीय सदस्यमा निर्वाचित नौ जना

काठमाडौँ, ५ पुस ।
नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा डिला संग्रौला सबैभन्दा धैरै मतकासाथ निर्वाचित भएकी छन् ।

पार्टी कार्यालय सानेपामा भएको मतगणनामा डिलाले २८८५ मत ल्याइन् । त्यस्तै पुष्पा भुसालले २७१८ मत ल्याइन् । कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु राणा देउवा २५३६ मत ल्याएर निर्वाचित भइन् ।

त्यस्तै अम्बिका बस्नेत २३३९, ईश्वरी न्यौपाने २२५९, सरिता प्रसाईं २०९६, रमा कोइराला पौडेल १८५८, सुशीला ढकाल आचार्य १८०४, रंगमती शाही १७८९ मत ल्याएर निर्वाचित भए । अरु भने पराजित भए । खुला महिला केन्द्रीय सदस्य ९ जनाका लागि ३० जना चुनावी मैदानमा थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट