यी हुन् कांग्रेस खुला महिला केन्द्रीय सदस्यमा निर्वाचित नौ जना

काठमाडौँ, ५ पुस । नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा डिला संग्रौला सबैभन्दा धैरै मतकासाथ निर्वाचित भएकी छन् । पार्टी कार्यालय सानेपामा भएको मतगणनामा डिलाले २८८५ मत ल्याइन् । त्यस्तै पुष्पा भुसालले २७१८ मत ल्याइन् । कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु राणा देउवा २५३६ मत ल्याएर […]

गैँडाको खागसहित ६ जना पक्राउ

काठमाडौं, ५ पुस । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गैँडाको खागसहित ६ जनालाई पक्राउ गरिएको छ । एक केजी १० ग्रामको खागसहित पक्राउ पर्नेमा काभ्रेको बेदान गाउँपालिका-४ का ४१ वर्षीय विरमान तामाङ र पाँचखाल नगरपालिकाका ४२ वर्षीय बेदबहादुर दनुवार, २० वर्षीय नवराज गिरी र ३१ वर्षीय सोहन कार्की, काभ्रेको खानिखोला गाउँपालिका-५ का ३२ वर्षीय भीम […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाबाट पछि हट्यो धुर्मुस-सुन्तली फाउण्डेशन

भरतपुर, ५ पुस । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस-सुन्तली फाउण्डेशन पछि हटेको छ । फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो । आर्थिक सङ्कलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागेको हो । फाउण्डेशनले संस्थागत निर्णय गरी कोभिड– १९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल […]

‘सरकार, कि रंगशाला बनाऊ, कि मेरो पैसा फिर्ता गर’

‘नमस्कार ब्रदर, के छ खबर ? अनि के गर्दै ? कता हो ?’ ‘युवा तथा खेलकुद मन्त्रालयमा छु, कलब्याक गर्छु ।’ ‘ए, हस् ल ।’ मंसिरको अन्तिम दिन, बुधबार दिउँसो तीन बजेतिर धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुससँग मैले गरेको १८ सेकेण्डको फोनवार्ता हो यो । भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा धुर्मुस सुन्तली फाउण्डेसनले […]