भरतपुर, ४ पुस ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा खुला तर्फबाट चितवनका युवा नेता दिनेश कोइराला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । यससँगै कोइराला चितवनको पहिलो निर्वाचित केन्द्रीय सदस्य बनेका छन् । नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको परिणाम पनि सार्वजनिक भएको छ । परिणाम अनुसार डा.शशांक कोइराला सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
कांग्रेसमा ३५ खुला केन्द्रीय सदस्यका लागि भएको मतदानमा ९९ जना प्रतिस्पर्धी थिए । कोइराला २८ नम्वरमा परेका छन् ।




