क्यानले गर्‍यो मल्ललाई पदमुक्त, सन्दीप लामिछाने नयाँ कप्तान

भरतपुर, २९ मंसिर ।
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरिलाइ पदमुक्त गर्ने निर्णय गरिएको छ ।

क्यानको आज बसेको बोर्ड बैठकले आचारसंहिता उल्लंघन गरेको भन्दै कप्तान मल्ल र उपकप्तान ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई कारबाही गरेको हो ।
क्यानले गठन गरेको अनुशासन उल्लंघनसम्बन्धी छानबिन समितिले गरेको सिफारिस बमोजिम उनीहरूलाई २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा शुरुको ६ महीनाको लागि सहभागी नगराउने निर्णय क्यानले गरेको छ ।

मल्ललाई कारबाही गरेसँगै नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानको रूपमा सन्दीप लामिछानेलाई चयन गरिएको छ ।

क्यानले गरेको खेलाडी वर्गीकरणमा चित्त नबुझेपछि कप्तान ज्ञानेन्द्रसँगै उपकप्तान ऐरी, खेलाडीहरू सोमपाल कामी र कमल सिंह ऐरीले मिडियामा असन्तुष्टि पोखेका थिए ।

सोही विषयमा आधिकारिक रुपमा संघमा नआएर मिडियामा गएको भन्दै क्यानले यी चारै जना खेलाडीसँग स्पष्टीकरण मागेको थियो । सबै खेलाडीले स्पष्टीकरण पेश गरेपछि थप अध्ययनका लागि क्यानले पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट