क्यानले गर्‍यो मल्ललाई पदमुक्त, सन्दीप लामिछाने नयाँ कप्तान

भरतपुर, २९ मंसिर । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरिलाइ पदमुक्त गर्ने निर्णय गरिएको छ । क्यानको आज बसेको बोर्ड बैठकले आचारसंहिता उल्लंघन गरेको भन्दै कप्तान मल्ल र उपकप्तान ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई कारबाही गरेको हो । क्यानले गठन गरेको अनुशासन उल्लंघनसम्बन्धी […]

कावासोतीबाट पनि ट्रायल पासलाई परिक्षणकालीन लाइसेन्स

कावासोती, २९ मंसिर । यातायात व्यवस्था कार्यालय कावासोतीले एक वर्षे परिक्षणकालीन लाइसेन्स वितरण सुरु गरेको छ । नयाँ तथा वर्ग थपका लागि ट्रायल पास गरेकालाई क्यूआर कोड सहितको एक वर्ष अवधिको परिक्षणकालीन लाइसेन्स यसै सातादेखि दिन थालिएको हो । वितरण सुरु गरिएको एक सातामै करिब ५०० सेवाग्राहीले सेवा लिएको कार्यालयका सूचना अधिकारी टेकबहादुर घर्तीले जानकारी […]

कांग्रेस महामन्त्रीको मतगणना बिहीबार बिहान ८ बजेदेखि

भरतपुर, २९ मंसिर । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत महामन्त्रीको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु गरिने भएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार बुधबार साँझबाट उपसभापतिको मतगणना थालिएकोमा बिहीबार बिहानबाट महामन्त्रीको मतगणना सुरु गरिने छ । कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार राति सम्पन्न निर्वाचनमा दुई महामन्त्री पदमा ६ नेता प्रतिस्पर्धामा छन् । विश्वप्रकाश शर्मा, गगनकुमार […]

कांग्रेस उपसभापतिमा धनराज गुरुङको अग्रता, पूर्णबहादुर खड्का पछिपछि

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना जारी छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा धनराज गुरुङले अग्रता लिएका छन् । गुरुङले १३१ मत ल्याउँदा उपसभापतिका अर्का उम्मेदवार पूर्णबहादुर खड्काले १२८ मत ल्याएर उनलाई पछ्याइरहेका छन् । त्यस्तै विजयकुमार गच्छदारले १२२, चन्द्र भण्डारीले ९५, सुजाता कोइरालाले ३६, महेश आचार्यले २५ […]

सिलवाललाई बर्खास्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, २९ मंसिर । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गर्ने सरकारकाे निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सिलवाललाई १ कात्तिकको मन्त्रिपरिषद् बैठकले बर्खास्ती गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि उनले त्यसबिरुद्ध कात्तिक २८ गते सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि न्यायाधीश हरिप्रसाद फुयालको […]

जेसिजकाे राष्ट्रिय अध्यक्षमा सापकाेटा उठ्ने, भन्छन् : मुलुक बनाउन युवाले नेतृत्व लिनुपर्छ

गैंडाकोट, २९ मंसिर । युवापुस्ता माझ लोकप्रिय मानिएका जेसी गोकुल सापकोटाले नेपाल जेसीजको वर्ष २०२२ का लागि राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । उनले उम्मेदवारी दिने र जीत पनि हासिल गर्ने लक्ष्यका साथ प्रचारप्रसारलाई तीव्र बनाएका छन् । जेसीजका देशभरका शाखा तथा जेसीलाई अध्यक्ष पदमा आफूलाई निर्वाचित गराउन उनले आग्रह गरेका छन् । […]

कांग्रेसको सभापतिमा देउवा निर्वाचित

काठमाडौँ, २९ मंसिर । कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् । उनले २७३३ मत पाएका छन् । दोस्रो चरणको निर्वाचनमा ४६२३ मत खसेको थियो । यसमध्ये ४५८८ मत सदर भएको थियो । अर्का प्रत्यासी डा. शेखर कोइरालाले १८५५ मत पाएका छन् । बुधबार बिहान ३ बजे मतगणना सम्पन्न भएको हो । यस जितसँगै देउवा […]