सिलवाललाई बर्खास्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, २९ मंसिर ।
सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गर्ने सरकारकाे निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सिलवाललाई १ कात्तिकको मन्त्रिपरिषद् बैठकले बर्खास्ती गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि उनले त्यसबिरुद्ध कात्तिक २८ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट