कावासोतीबाट पनि ट्रायल पासलाई परिक्षणकालीन लाइसेन्स

कावासोती, २९ मंसिर ।
यातायात व्यवस्था कार्यालय कावासोतीले एक वर्षे परिक्षणकालीन लाइसेन्स वितरण सुरु गरेको छ । नयाँ तथा वर्ग थपका लागि ट्रायल पास गरेकालाई क्यूआर कोड सहितको एक वर्ष अवधिको परिक्षणकालीन लाइसेन्स यसै सातादेखि दिन थालिएको हो ।

वितरण सुरु गरिएको एक सातामै करिब ५०० सेवाग्राहीले सेवा लिएको कार्यालयका सूचना अधिकारी टेकबहादुर घर्तीले जानकारी दिए । रसिद काटेको ५ मिनेट भित्रै सेवाग्राहीले लाइसेन्स पाउने व्यवस्था गरिएको घर्तीले बताए ।

इगल आइ चितवन टुकी र मालिका इन्कर्पोरेट सफ्टवेयर एण्ड हार्डवेयरको संयोजनमा यो सेवा दिन थालिएको हो । यी कम्पनीद्वारा निर्मित अस्थायी लाइसेन्सको वितरण यातायात व्यवस्था विभागसँगको समन्वयमा ट्रायल सञ्चालन भएका सबै जिल्लामा लागू गरिएको इगल आइ चितवनका व्यापार विकास निर्देशक सन्जय पनेरुले जानकारी दिए ।

सूचना प्रविधिका क्षेत्रमा देशलाई आत्मनिर्भर गराउँदै स्मार्ट नेपालको परिकल्पनालाई साकार बनाउने उद्देश्यका साथ काम गरेका यी दुई कम्पनीले टुकी, एमिसलगायत सरकारी, गैरसरकारी तथा सबैखाले व्यावसायिक कार्यालयलाई आवश्यक पर्ने सफ्टवेयर निर्माणको काम समेत गर्दै आइरहेको पनेरूले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट