कांग्रेस सभापतिको मतगणना राति १ बजेदेखि

काठमाडौं, २७ मंसिर ।
नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ । मतदान सकिए लगत्तै परिणामका लागि मंगलबार बिहान १ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

कांग्रेस निर्वाचन समितिका अनुसार राति करिब ११ बजे मतदान कार्य सकिएपछि लगत्तै १ बजेदेखि मतगणना कार्य सुरु हुनेछ ।

सभापतिका लागि ५ जनाको उम्मेदवारी परेकामा कसैले ५० प्रतिशत मत ल्याउन नसके अर्को चरणको निर्वाचनमा जानुपर्छ ।

सभापतिको मतगणना राति १ बजेदेखि सुरु हुने र यसको नतिजा आइसकेपछि अन्य पदको मतगणना सुरु हुनेछ । सभापतिको मतगणना राष्ट्रिय सभागृहमा नै हुनेछ ।

मंगलबार बिहानसम्म सभापतिको मतगणनाको अन्तिम परिणाम आइसक्ने निर्वाचन समितिले जानकारी दिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट