कांग्रेस सभापतिको मतगणना राति १ बजेदेखि

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ । मतदान सकिए लगत्तै परिणामका लागि मंगलबार बिहान १ बजेदेखि मतगणना सुरु हुने भएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार राति करिब ११ बजे मतदान कार्य सकिएपछि लगत्तै १ बजेदेखि मतगणना कार्य सुरु हुनेछ । सभापतिका लागि ५ जनाको […]
कांग्रेस १४ औँ महाधिवेशन : सभापतिमा ४२ सय मत खस्यो, मतगणना आजै सुरू हुने

काठमाडौँ, २७ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको चुनावमा राती साढे १० बजेसम्म मतदानको समय थप गरिएको छ । यसअघि राती ९ बजेसम्म थप गरिएको समयमा पनि मतदान नसकिएपछि फेरि डेढ घण्टा थप गरिएको हो । ९ : ३० बजेसम्म झण्डै चार हजार २ सय जनाले मतदान गरेका जनाइएको छ […]
नारायणगढबाट जननी सहकारीको सेवा सुरू

भरतपुर, २७ मंसिर । नारायणगढमा जननी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सेवा शुभारम्भ गरेको छ । सोमबार आयोजित एक कार्यक्रमबीच श्रीरामजानकी बालिका आश्रमकी अध्यक्ष सावित्री टण्डनले उक्त सहकारीको उद्घाटन गरिन् चितवन जिल्लाका कृषि उद्यमी, व्यवसायीहरू मिलेर स्थापना गरेको जननी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर सेवाग्राहीको हकहितका लागि काम गर्ने लक्ष्य राखेको अध्यक्ष बिपि […]
शेयर बजारका साना लगानीकर्ताको हितप्रति प्रतिबद्ध छौं : अध्यक्ष प्रचण्ड

काठमाडौँ, २७ मङ्सिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो पार्टी शेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । शनिबार पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका क्रममा उहाँले पूँजीको लगानी पूँजीमा नै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पूँजीवादको विस्तारले समग्रमा जनताको हित नगर्ने बताउनुभएको थियो । शेयर बजार विरोधी वक्तव्य […]
कांग्रेस महाधिवेशन: एक हजार ३६५ मत खस्यो

काठमाडौँ, २७ मङ्सिर । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा एक हजार ३६५ मत खसेको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ३।३० बजेसम्म एक हजार ३६५ मत खसेको महाधिवेशन मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले जानकारी दिनुभयो । कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । मतदान […]
हंसले मनायो १२ औं वार्षिकोत्सव, ५५ जनाले गरे रक्तदान

भरतपुर, २७ मंसिर। नारायणगढमा रहेको हंस बहुउद्देश्यीय सहकारीले आफ्नो १२ औं वार्षिकोत्सव मनाएको छ । सोमबार एक समारोहका विच हंसले भव्यताका साथ वार्षिकोत्सव मनाएको हो । सो अवसरमा प्रशासन तथा सहकारी विकास महाशाखा बागमती प्रदेशका रजिष्टार नारायणप्रसाद ज्ञवालीले हंसले वित्तिय क्षेत्रमा पारेको सकरात्मक प्रभाव अन्य सहकारीले पनि सिको गनुपर्ने बताए । असल संस्कारका साथ हंसले […]
भरतपुरको विजयनगरमा मृत गैँडा फेला

भरतपुर, २७ मंसिर । चितवनको भरतपुर महानगरपालिका-१६ विजयनगरमा गैँडा मृत फेला परेको छ । सिद्धिगणेश सामुदायिक वनबाट करिब ५ सय मिटर पूर्वतर्फ विजयनगरको गणेश मन्दिर जाने बाटो छेउको जैघाँस भएको खेतमा गैँडा मृत फेला परेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए । खनालका अनुसार करिब १६ वर्षको भाले गैँडा मृत भेटिएको […]
पत्रकार डेकेन्द्र हत्याका मुख्य तीन अभियुक्तलाई जन्मकैद

कर्णाली, २७ मङ्सिर। दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले आइतबार दुल्लू नगरपालिका ६ का अरुण भनिने बमबहादुर खड्का, केशव खड्का र भगवतीमाई गाउँपालिका–६ का मुक्ति भनिने बमबहादुर खड्कालाई थापा हत्यामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो । जिल्ला अदालतका श्रेस्तेदार […]
निकुञ्जबाट वन्यजन्तु गाउँ पस्दा स्थानीयवासीमा त्रास

नवलपुर, २७ मङ्सिर । चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु बस्तीमा प्रवेश गर्न थालेपछि नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का मध्यवर्ती क्षेत्रका बासिन्दाले नियन्त्रणको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । गैँडा, बँदेललगायत वन्यजन्तु बस्तीमा प्रवेश गर्न थालेपछि स्थानीयवासीले नियन्त्रणको माग गर्दैै वडा कार्यालयमार्फत निकुञ्जलाई ज्ञापनपत्र बुझाएका हुन् । मध्यविन्दु नगरपालिकाको मध्यवर्ती क्षेत्रमा पर्ने ब्रम्हस्थान, इटौरा, रतनपुरलगायत क्षेत्रमा निकुञ्जबाट आउने गैँडा, बँदेललगायत […]
कांग्रेस महाधिवेशन : देउवालाई मतदान गर्न पौने घण्टा लाग्यो

काठमाडौं, २७ मंसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा मतदान गरेर निस्किएका छन् । उनी सोमबार मध्याह्न १२ बजे मतदानका लागि राष्ट्रिय सभा गृह प्रवेश गरेका थिए । मतपत्र लिएर बुथभित्र छिरेका देउवा झन्डै एक घन्टापछिअर्थात् पौने १ बजे बाहिर निस्केका थिए । उनलाई मत हाल्न पौने घन्टा लागेको थियो । नेपाली कांग्रेसले […]
२०७८ मंसिर २७ गते सोमबारको कायाकैरन दैनिक (E-paper)
कांग्रेस महाधिवेशन : १३४ पदका लागि ४९१ जना चुनावी मैदानमा

काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको १४औँ केन्द्रीय महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । गत शुक्रबारबाट सुरु भएकाे महाधिवेशनमा आइतबार उम्मेदवारकाे अन्तिम नामालवी प्रकाशित भइसकेपछि आज बिहान ८ बजेबाट साँझ ५ बजेसम्म मतदानकाे कार्यतालिका निर्धारण गरिएकाे छ । सभापतिसहित १३४ पदका लागि ४९१ जना चुनावी मैदानमा छन् । कांग्रेसमा ४ हजार ७ सय […]
कांग्रेस महाधिवेशन : नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि मतदान हुँदै

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आज नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । सभापतिसहितको पदाधिकारी र केन्द्रीय सदस्यका लागि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् । कांग्रेस केन्द्रीय समितिका लागि सभापतिसहित १ सय ३४ पदका लागि झन्डै पाँच सय जनाले उम्मेदवारी दिएका छन् । […]