हंसले मनायो १२ औं वार्षिकोत्सव, ५५ जनाले गरे रक्तदान

भरतपुर, २७ मंसिर।

नारायणगढमा रहेको हंस बहुउद्देश्यीय सहकारीले आफ्नो १२ औं वार्षिकोत्सव मनाएको छ । सोमबार एक समारोहका विच हंसले भव्यताका साथ वार्षिकोत्सव मनाएको हो ।
सो अवसरमा प्रशासन तथा सहकारी विकास महाशाखा बागमती प्रदेशका रजिष्टार नारायणप्रसाद ज्ञवालीले हंसले वित्तिय क्षेत्रमा पारेको सकरात्मक प्रभाव अन्य सहकारीले पनि सिको गनुपर्ने बताए । असल संस्कारका साथ हंसले आफुलाई प्रत्येक बष अब्बल सावित गरेको उनको भनाई छ । उनका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको रक्तदान कार्यक्रम उत्कृष्टताको नमुना रहेको दावी गरे । उनले रक्तदान गर्ने प्रति आभार समेत व्यक्त गरे ।
रजिष्टार ज्ञवालीले वित्तिय अनुशासन, वित्तिय संतुलन, निति नियमको पालना, पारदार्शिता र इमान्दारिता संस्था सफतलाका सुचक रहेको बताए । हंसले पल्स विश्लेषणका सुचकमा आफ्नो वित्तिय उपस्थितिलाई उत्कृष्ट बनाएको देखिएको भन्दै प्रशंसा गरे।
त्यस्तै राष्ट्रिय सहकारी बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत बद्रि कुमार गुरागाईले तिब्र प्रतिस्पर्धामा हंस सधैं विषेश देखिएको बताए । तरलता जटिलताका विच वित्तिय संतुलन कायम गरेको हंस अन्य वित्तिय संस्थाका लागि उदाहरण भएको उनको भनाई छ ।
सो अवसरमा संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले तरलताको जटिलताका विच शेयर सदस्यको सहजताका लागि लागि परिरहेको भन्दै निक्षेप संकलन र कर्जा प्रवाहमा सन्तुलन कायम गरेको बताए । उनले शेयर सदस्यको सहजताका लागि प्रविधिको उच्चतम् प्रयोग गरि आज देखि मोवाइल तथा एसएमएस सेवाको शुभारम्भ भएको घोषणा गरे । हंसले निकट भविश्यमा नै जितपुर मेघौली र माडीमा सेवा केन्द्र विस्तार गर्ने उनको भनाई छ ।
कार्यक्रममा आर्दश निक्षेप कर्ता (मुद्दति तर्फ) ५ जना, आर्दश निक्षेप कर्ता बचत तर्फ १३ जना, नियमित बचत कर्ता बजार तर्फ १२ जना, खुत्रुके बाल बचत तर्फ ४ जना, खुत्रुके तर्फ १ जना, ज्येष्ठ नागरीक ३, असल ऋणी १६ जना, बाल बचत २ जना र संस्थागत तर्फबाट अद्दैत संस्था सम्मानित भएका छन् । कर्मचारी तर्फ ४ जना उत्कृष्ट कर्मचारी पुरस्कृत भए ।

वार्षिकोत्सवका अवसरमा रक्तदान

हंसले आफ्नो सफलताको १२ औं वार्षिकोत्सवका अवसरमा गरेको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् । ७ जना महिला सहित ५५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक एवं संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले जानकारी दिए । रक्तदानमा जुनियर प्रहरी शिक्षालय भरतपुर, सशस्त्र सिमाबल आँपटारी, क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुर लगायतले सहयोग गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट