भरतपुरको विजयनगरमा मृत गैँडा फेला

भरतपुर, २७ मंसिर ।

चितवनको भरतपुर महानगरपालिका-१६ विजयनगरमा गैँडा मृत फेला परेको छ ।

सिद्धिगणेश सामुदायिक वनबाट करिब ५ सय मिटर पूर्वतर्फ विजयनगरको गणेश मन्दिर जाने बाटो छेउको जैघाँस भएको खेतमा गैँडा मृत फेला परेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए ।

खनालका अनुसार करिब १६ वर्षको भाले गैँडा मृत भेटिएको हो । मृत भेटिएको गैँडाको प्राविधिक टोलीले भिसेरा संकलन गरिसकेकोले उनले बताए । पोष्टमार्टम रिपोर्टपछि मारिएको हो या कालगतीले मरेको भन्ने प्रष्ट हुने उनको भनाइ छ ।

गैँडाको खाग र खुरसहित सबै अंगहरू सुरक्षित छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट